किनमेल गर्न भारत गएकी महिला बेपत्ता

आइतबार, ०३ बैशाख २०७४, ११ : ४६ नागरिक

कञ्चनपुर—कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन्।

सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन्।

सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन्।

चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन्।

राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन्।

धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उनका जेठाजु धनबहादुर धामीले बताए।

'आफन्त र सम्भावित सबै क्षेत्रमा खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई गुहारेका छौँ', उनले भने।

तीन छोरीकी आमा धामी झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन्। भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता रहेका छन्। चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad