coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चौराहको पहिलो जित

धनगढी- आरिफ शेखले अर्धशतकको योगदान गरेपछि धनगढी टिम चौराहले सगरमाथा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पहिलो जित हासिल गरेको छ। शनिबार चौराहले काठमाडौं गोल्डेनलाई ११ रनले हरायो। जितपछि चौराहले २ अंक जोडेको छ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहा यसअघि लगातार तीन खेलमा पराजित भएको थियो। प्लेयर अफ द म्याच आरिफले ५८ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा १ सय ३६ रन बनाएको थियो। आरिफले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ३ बल बाँकी रहेको बेला आरिफ सोमपाल कामीबाट बोल्ड भएका थिए। चौराहका ओपनर अनिल मण्डलले २९, सौरभ खनालले १६, राजु रिजालले ११ बनाए। कप्तान पारस खाता खोल्न नसकेर आउट भएका थिए।

काठमाडौंका सोमपाल कामी र मन्जित श्रेष्ठले समान ३ विकेट लिएका थिए। जबाफमा काठमाडौंले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो। काठमाडौंका सन्दीप जोराले २८, सोमपालले २४ रन बनाए। रोहितकुमार पौडेलले १२ र कप्तान रेग्मीले ११ रन बनाएका थिए। त्यस्तै ओपनर नरेश बुढाऐरले ३ र सुबेन्दु पाण्डेले ६ रन बनाए। चौराहका आरिफ र सौरभ खनालले ३/३ विकेट लिए। रामनरेश गिरीले २ विकेट लिएका थिए।

शनिबारको अर्को खेलमा विराटनगर किंग्सले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गर्‍यो। 

जितपछि विराटनगर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान ६ अंक रहेको रूपन्देही च्यालेन्जर्स रनरेटका आधारमा अंकतालिकाको पहिलो स्थानमा छ। विराटनगर प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो।

विराटनगर किंग्सले ४ मध्येका ३ खेल जितेको हो। यसअघि रूपन्देही च्यालेन्जर्सले पहिलो तीनै खेल जितेर प्लेअफमा पुगिसकेको छ।

सुरुआतमा ब्याटिङ गरेको कञ्चनपुरले १७ ओभरमा ८० रन मात्रै बनाउन सक्यो।

कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए भने कुशल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। कञ्चनपुरका ४ खेलाडी शून्यमा आउट भए। ८.५ ओभरमा २ विकेटको क्षतिमा ५० रन जोडेको कञ्चनपुरले ३० रन जोड्दा आफ्ना ८ ब्याट्सम्यानलाई गुमाएको थियो।

विराटनगरका लागि म्यान अफ द म्याच सुशील कँडेल र सन्दीप लामिछानेले समान ४ विकेट लिए। जितेन्द्र मुखियाले २ विकेट लिएका थिए।

८१ रनको झीनो लक्ष्य पाएकोे विराटनगरले ९.१ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको थियो।

विराटनगरका कप्तान शरद भेषावकरले १५ बलमा २८ रन बनाए। आकाश थापाले १२ र प्रनित थापामगरले ११ रन जोडे। कञ्चनपुरका सागर पुनले ५ विकेट लिए। प्रतियोगितामा रूपन्देही पहिलो, विराटनगर दोस्रो, काठमाडौं तेस्रो र सिवाइसी अत्तरिया चौथो स्थानमा छन्।

डिपिएलमा आइतबार

विराटनगर किंग्स र रूपन्देही

अत्तरिया र कञ्चनपुर

प्रकाशित: ३ वैशाख २०७४ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App