८ वैशाख २०८१ शनिबार
खेल

हैदराबादमाथि कोलकाताको जित

कोलकाता- रोबिन उथप्पाले ६८ रनको योगदान गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई १९ रनले पराजित गरेको छ। इडेन गार्डेन मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोलकाताले ६ विकेटको नोक्सानीमा १ सय ७२ रन जोडेको थियो। म्यान अफ द म्याच उथप्पाले ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। कोलकाताका मनीष पाण्डेले ४६, युसुफ पठानले २१ रन जोडे।

साबिक विजेता सनराइजर्स हैदराबादका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चे। जबाफमा सनराइजर्सले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन मात्र जोड्न सक्यो। सनराइजर्सका लागि कप्तान एवम् ओपनर डेविड वार्नर र युवराज सिंहले समान २६ रन बनाए। ओपनर शिखर धवनले २३, अविजित रहेका विपुल शर्माले २१ र नमन ओझाले ११ रन बनाए। कोलकाताका क्रिज वेक्सले २ विकेट लिए।

यसै गरी शुक्रबार राति  एन्ड्र्यु टोयले ५ विकेट लिएपछि गुजरात लायन्सले राइजिङ पुने सुपरजायन्टलाई ७ विकेटले हरायो। उत्कृष्ट प्रदर्शन गरेका एन्ड्र्यु म्यान अफ द म्याच घोषित भए। सौराष्ट्र क्रिकेट मैदान राजकोटमा सुरुआती ब्याटिङ गरेको राइजिङ पुनेले ८ विकेटको नोक्सानीमा १ सय ७१ रन जोडेको थियो।

पुनेका आरए त्रिपाठी (३३) र स्मिथ (२९) ले दोस्रो विकेटका लागि ६४ रनको सर्वाधिक साझेदारी गर्दै टोलीको स्कोर बढाउन योगदान गरे।

त्रिपाठी र स्मिथपछि पुनेका लागि छैटौं विकेटका लागि अंकित शर्मा (२५) र तिवारी (२०)ले ४७ रनको साझेदारी गरेका थिए। पुनेका ओपनर अजिन्क्या रहाने तेस्रो बलमा खाता खोल्न नसकेर आउट भएका थिए। पहिलो ओभरमा रहाने आउट हुँदा पुनेले १ रन मात्र जोडेको थियो। रहाने आउट भए पनि अर्का ओपनर राहुल त्रिपाठीले सम्हालिएर ब्याटिङ गरेका थिए। त्रिपाठीले १७ बलमा ३३ रन जोड्दै भारतीय स्टार खेलाडी महेन्द्रसिंह धोनीको टिम पुनेको स्कोर बढाउन सहयोग गरे। पुनेका लागि कप्तान स्टिभ स्मिथले ४३, मनोज तिवारीले ३१, अंकित शर्माले २५ रन जोडेका थिए। पाँचौं विकेटका रुपमा आउट भएका धोनीले ५ रन मात्र जोड्न सके। धोनीलाई रवीन्द्र जडेजाले एलबिडब्लु आउट गराए।

गुजरातका अस्टे्रलियन बलर एन्ड्र्युले ४ ओभरमा १७ रन मात्र खर्चेका थिए। प्रवीण कुमार, जडेजा र डायन स्मिथले १/१ विकेट लिए। स्मिथ र ब्रेनडन म्याककुलमले उत्कृष्ट साझेदारी गरेपछि गुजरातले १८ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो। 

गुजरातका स्मिथ(४७) र म्याककुलम(४५)ले पहिलो विकेटका लागि सर्वाधिक ९४ रनको साझेदारी गरेका थिए। ओपनर म्याककुलमले सर्वाधिक ४९ र स्मिथले ४७ रन बनाए। म्याककुलमले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। स्मिथले ३० बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। अविजित रहेका गुजरातका कप्तान सुरेश रैनाले ३५ र एरोन फिन्चले ३३ रन जोडेका थिए।

पुनेका सर्दुल ठाकुर, इमरान ताहिर र राहुल चाहरले १/१ विकेट लिए। 

प्रकाशित: ३ वैशाख २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App