coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

घर सरे मुसहरबस्तीका ५३ परिवार

महोत्तरी– नव वर्षको नयाँ बिहानीसँगै धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्मित ५३ वटा घर उपहारमा पाएका बर्दिवास १ का मुसहरबस्तीका बासिन्दाहरु शनिबार बिहान विधिवित् रुपमा ती घरहरुमा बास सरेका छन् ।

नयाँ वर्षको अवसरमा घर उपहार पाएपछि शुक्रबार दिनभर नाचगान गर्दै उत्सवमा रमाएका मुसहर समुदायका बासिन्दाहरु शनिबार बिहान फाउण्डेशनले तोकि दिएको आ–आफनो घरमा बास सरेका छन् ।  

खुसीले गद्गद् मुद्रामा यो भनिरहँदा उनको आँखा रसाएर आएको  थियो। आफ्नो घरमा बसेको स्यानो नातिलाई हेर्दै मोहिनीले आफ्ना साना साना नानीहरुलाई पनि शिक्षादीक्षा आर्जनका लागि टुकीको भर पर्नु नपर्ने अवस्था आएकोमा उनी ज्यादै खुसी भएको बताइन्।

शुक्रबार दिनभर मुसहरहरुको कुल देवता दिना भद्रीको पूजापाठ र वस्ती हस्तान्तरणको उत्सवमा व्यवस्त भएका मुसहरहरु शनिबार बिहानै आफ्ना सरसामानसहित फाउण्डेसनले तोकेको घरहरुमा प्रवेश गरेका हुन्।

‘शुक्रबार बिहानदेखि शुरु भएको कुलदेवता दिनाभद्रीको पूजापाठ र उत्सवमै बितेकाले बास सर्न सकेका थिएनौं,’ घर नम्बर २५ मा वास सरेकी बुधनी देवी सदाले शनिबार भनिन्, ‘शनिबार विहानै विधिवत् रुपमा आआफ्नो घरमा सरेका हौं।’
 
'हामीले सपनामा पनि पक्की घरमा वास बस्ने सोचेका थिएनौं तर आज आफनै पक्की घरमा वास सरेपछि ज्यादै नै खुशी लागेको छ,' बुधनीले बताएकी छिन्। मुसहरबस्तीका बासिन्दाहरु शनिबार आ आफ्ना घरमा प्रवेग गरेकै दिन तराईमा धुमधामका साथ मनाई जुडशीतल पर्वसमेत परेकाले उनीहरुको शनिबारको दिन पनि उत्सवमय बनेको बस्तीका जुगे सदाले बताए।

शनिबार बिहानै देखि एकीकृत मुसहर बस्तीका सबैले आआफनो घरमा फाउण्डेसनले प्रदान गरेको ग्यास चुल्हो बालेर भात दात, तरुवा वघरुवा, माछा, मासुलगायतका मीठामीठा परिकार बनाएर आफू पनि खाएको र आफनो बालबालिकालाई समेत खुवाउन पाएकोमा मुसहरबस्तीका बासिन्दा ज्यादै नै हर्षित भएको जुगे सदाले बताए।

‘हामीले यस वर्षको जूजशीतल नयाँ घरमा मनाउन पाएकामा हामी झन्खुशी छौं,’ उनले भने।

मुसहर बस्तीकी धनशरिया सदाले घरमा प्रवेश गरे लगत्तै सबभन्दा पहिले खानेपानीको लागि जडान गरिएको धाराको टोटी खोल्दा खल्ल पानि आएको देखेर उनलाई आफूहरुले सहज ढंगमा खानेपानी पाउने सकेको विश्वास नै नलागेको सुनाए।

‘घरमा पसे लगत्तै धाराको टुटी खोलेँ, धाराबाट खलल्ल पानी आयो, मन ज्यादै नै प्रफुलित भयो।’ धनशरियाले भनिन्, ‘पहिले एक कचौरा खानेपानीको लागि घण्टौ कुर्नु पथ्र्यो कहिले काँही त झगडै पथ्र्यो तर आज आफनो घरमै जडान गरिएको धाराबाट पानि खान पायौं, हाम्रो जिवन धन्य वनाई दिएकोमा धुर्मुस सन्तलीलाई मुरिमुरि धन्यवाद छ ।’

यसैगरी, शुक्रबार साँझ फाउण्डेसनले घर हस्तान्तरण गरी दिएपछि घर हेर्न पुगेकी मोहिनी देवी सदा झिलिमिल वलेको वतिको प्रकाशले आफनो आँखा नै एक छिन नदेख्ने बनेको बताइन्।

सँधैभरी टुकीको उज्यालोमा दिन कष्टकर जीवनयापन गरेकी ६० वर्षीया मोहिनीको आँखा एकै चोटी झिलिमिलि बलेको वत्तिमा ठोकिन्न पुग्दा उनलाई एकछिन आफ्नो आँखाले देख्न नै नसक्ने भएको अनुभव उनले सुनाए।

‘चारैतिर उज्यालो नै उज्यालो भएकोले होला म त एक छिन देख्न नसक्ने भएकी थिएँ,’ उनले थपे ‘अब हामीलाई टुकीको भरमा बस्नु पर्दैन स्विच थिच्ने वितिकै बिजुली बलिहाल्छ, बिजली बलेर उज्याले भएजस्तै धुर्मुस सुन्तलीले हाम्रो दैनिक जीवनमा पनि उत्याले छरिदिएकोमा उनलाई धन्यवाद छ।’

‘धुर्मुस–सुन्तली नामको लागि मात्र सीताराम होइनन्, हाम्रोलागि साचिकै भगवान सीताराम नै हुन्,’ उनले खुसीले गद्गद् मुद्रामा यो भनिरहँदा उनको आँखा रसाएर आएको  थियो। आफनो घरमा बसेको स्यानो नातिलाई हेर्दै मोहिनीले आफ्ना साना साना नानीहरुलाई पनि शिक्षादीक्षा आर्जनका लागि टुकीको भर पर्नु नपर्ने अवस्था आएकोमा उनी ज्यादै खुसी भएको बताएकी छिन्।

फाउण्डेशनद्वारा निर्मित बालउद्यानमा बालबालिकाहरु खेलिरहँदा उनीहरुको मुहारबाट पनि अनौठो खाले खुसी झल्किरहेको थियो। अचेल मुसहर बस्ती भरिकै समुदायमा खुशिको लहर नै छाएको छ।  

फाउण्डेशनले देशविदेशबाट सहयोग संकलन गरी ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैंयाँको लागतमा ३ कोठा बरन्डा चोटासहित रातो इँटा रंगको भित्तामा सेतो पेटी काटेर, नीलो रंगीन जस्ता लगाई सबै घर एकै आकार र एकै डिजाइनमा पक्की सडक र नालासहित बनाइएको बस्तीभित्र ५० आवासीय घर, बस्ती बाहिर तीनवटा अन्य जाति समुदायका घर गरी ५३ वटा घर, एक सामुदायिक भवन, बालउद्यान, मुहरहरुको कुलदेवता दिनाभद्री मन्दिर, प्रतीक्षालय, प्रवेशद्वार, र बस्तीको बीच भागबाट बस्तीसहितका बर्दिबास चोकवरिपरि र ढल्केवरको गाउँको मनोरम दृश्य नियाल्न मिल्ने ३५ फिट अग्लो भ्युटावर निर्माण गरी मुसहरहरुलाई वैशाख १ गतेका दिन उपहार स्वरुप प्रदान गरेका थिए।

हेर्न आउनेको लर्को 

धुर्मुस–सुन्तली फाण्डेसनले मात्र ९५ दिनमा निर्माण कार्य सकेर हस्तान्तरण समेत गरी  सकेको बर्दिवास १ स्थित एकीकृत नमुना मुसहरबस्ती  हेर्न आउनेहरुको लर्को नै लाग्न थालेको छ।
मात्र ९५ दिनमा बिजुली, पानी, ढल, पक्की सडक र एकै आकार प्रकारमा बनाइएको घर कस्तो देखिन्छ, होला भनेर बस्तीमा आउनेहरुको लर्को लाग्न थालेको मुसहरबस्तीका शिवकुमार सदाले बताए ।

शुक्रबार हस्तान्तरण भएपछि शनिबारदेखि विधिवत्रुपमा मुसहर समुदाय आ–आफ्ना घरमा बसेपछि त्यहाँको रौनक हेर्न दुरदराजबाट आउनेहरुको भीड बिहानैदेखि ज्यादै नै बढ्न थालेको शिव सदाले सुनाए।

बस्ती हेर्न पहिले विभिन्न ठाउँबाट मान्छेहरु आउँथे, तर बस्ती हामीलाई हस्तान्तरण भएपछि अहिले हेर्न आउनेको संख्या ह्वातै बढेको सदाले बताए।   

धुर्मुससुन्तलीले ९५ दिनमै एकीकृत मुसहरबस्ती निर्माण गरेको समाचारहरु संचार माध्यमबाट सुनेर बस्ती हेर्न आएका हेटौंडा घर भएका दम्पपित अजित दवाडी र सुस्मा पराजुलीले बस्ती आफूहरुले सुनेभन्दा पनि अझ राम्रो बनेको बताए ।

‘हामीले वस्तीमा पुग्नु भन्दा पहिले बस्ती कस्तो होला भनेर आकृति सोच्दै आएका थियौं,’ उनले भने, ‘तर यहाँ आएर हेर्दा सोचेको भन्दा पनि राम्रो, सफा सुघर र व्यस्थित बस्ती पायौं।’ यो बस्ती कलोनी जस्तै निर्माण भएको देखिएको छ उनले थपे।

त्यस्तै धरान ८ बाट वस्ती हेर्न आई पुगेका विनौद निरौलाले पनि धुर्मुस–सुन्तली फाण्डेसनद्वारा निर्मित बस्ती सुनेको भन्दा राम्रो बनेको बताएको छ।

यति कम समयमा यस्तो राम्रो संरचना निर्माण भएको हेर्दा मन गदगद भएको निरौलाले बताए। तीन महिना अघिसम्म फर्केर पनि कोही नजाने मुसहरवस्तीमा अहिले सयौंको संख्यामा युवायुवतिहरु बस्ती हेर्न र त्यहाँ पुगेर सेल्फी खिच्नेमा व्यस्त देखिएका छन्।

बस्तीको बीचमा निर्माण गरिएको भ्यु टावरमा चढेर सेल्फी खिच्ने युवायुवतीहरुको संख्या बढी रहेको मुसहर वस्तीका बासिन्दाहरुको भनाइरहेको छ।

हेर्नुहाेस् तस्बिरहरूः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App