coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बुद्धकृष्णले पाँचौं पटक जिब्रो छेडे

बुद्धकृष्ण बाग श्रेष्ठले पाँचौं पटक जिब्रो छेडेका छन्। तस्बिर: प्रबिन कोइराला

बोडे (भक्तपुर)- हजारौं जात्रालुको वाह वाहबीच भक्तपुरको मध्यपुर थिमी बाडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिव्रो छेडेका छन्। मध्यपुर थिमी बोडेकै स्थानीय बुद्धकृष्णले बोडे उच्च माविसँगैको बोडे लायकु चोकमा जिव्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँमा जिव्रो छेड्ने जात्रा हुने गर्छ।

बुद्धकृष्णको जिव्रो कर्मी नाइके कृष्णचन्द्र वाग श्रेष्ठले छेडिदिएका हुन् । करिव एक फिट लामो फलामको सुइरोले बुद्धकृष्णको जिव्रो छेडिएको हो । जिव्रो छेडदा बाजागाजासहित वाहवाही भएको थियो।

यसअघि स्थानीय बुद्धकृष्णलाई बाजागाजाको टोलीसहित जात्रास्थल जिव्रो छेड्ने् लायकु चोकमा ससम्मान ल्याइएको थियो । करिव तीन वजे जिव्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो। टोलटोलमा घुमाई स्थानीय पाँचो गणेशको रथलाई भागुटोल पुयाएपछि सियो निकालिएको थियो । त्यसपछि महालक्ष्मीको माटोले जिव्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा ठोकिएको थियो।

यसअघि जिव्रो छेड्ने व्यक्ति तीन दिनदेखि केही नखाई व्रत बसिरहेका थिए । साथै जिव्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुवाएर राखिएको थियो।

जिव्रो छेड्ने क्रममा रगत वग्दैन। यसअघि निरन्त्र आठ पटक जिव्रो छेडाएका जुजुभाइ बासँ श्रेष्ठले कुनै अशुभ भए मात्रै रगत वग्ने जनविश्वास रहिआएको जनाए। 

विस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमीमा हुने विभिन्न जात्राहरुमध्ये जिव्रो छेड्ने जात्रा सवैभन्दा लोकप्रिय जात्रा हो। यहाँ दुईदिने सिन्दुर जात्रा पनि लोकप्रिय छ । जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोडेमा हजारौंको भीड लागेको थियो ।

बृद्धकृष्णले पाँचौ पटक जिव्रो छेडेको हुन्। यसअघि पनि उनले निरन्तर चार पटक जिव्रो छेडिसकेका थिए। आमाको निधन भएको वर्ष उनले पाँचौ पटक जिव्रो छेडेका थिएनन्।  बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ पटक आठ वर्षसम्म जिव्रो छेडेका थिए। त्यसअघि भने बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिव्रो छेडेका थिए।

परम्परादेखि चल्दै आएको जिव्रो छेडने जात्रामा हालसम्म धेरैले जिव्रो छेडाइसकेका छन् । तर हालसम्म १३ जनाको नामावली मात्रै छ। जिव्रो छेडाउने नामावली भएका १३ जनामध्ये तीन जना मात्रै जिवित छन्। बुद्धकृष्ण बाग श्रेष्ठ, जुजुभाइ बासँ श्रेष्ठ र कृष्णचन्द्र बाग श्रेष्ठ तीनजना मात्रै जिवित रहेका हुन्।

पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले एक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँ श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, मुनि घो श्रेष्ठले एक, धर्मराज बलाम श्रेष्ठले एक, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण बाग श्रेष्ठले चार र जुजुभाइ वाग श्रेष्ठले आठ पटक जिव्रो छेडाइसकेका छन्।

यस्तो छ जनविश्वास

बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँ वायाँ बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे । जनतालाई दुख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारे । त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिव्रोमा सियो घुसाइदिए । अनेक दुखपछि वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए । त्यसपछि सात वर्षसम्म जिव्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिबृष्टि हुन नदिन वाचा गराइएको किंम्वदन्ती रहेको स्थानीय सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताए । वाचाअनुसार सात वर्षसम्म पिसाचले जिव्रो छेडे । पछि जात्रालाई निरन्तरता दिन वोडेकै कोही व्यक्तिको जिव्रो छेड्न लगाइयो । र हालसम्म यो परम्परा चालू छ।

 

 

 

 

 

 

प्रकाशित: २ वैशाख २०७४ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App