६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

यसरी मनाइयाे सिन्दुर जात्रा

काठमाडाैं– भक्तपुरकाे मध्यपुरथिमीमा शनिबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएकाे छ। विस्केट जात्राभित्रैकै एक जात्राका रूपमा मनाइने यस जात्राका अवसरमा शनिबार बिहानै बालकुमारी र कालिका (बालाखु)को खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

३२ खट सहितको सिन्दुरजात्रा थिमीमा मनाइने गरिएकाे छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका प्रतिनिधित्वका रूपमा ३२ वटा खट बोकेर टोलटोलमा सिन्दुर खेल्दै घुमेर सिन्दुर जात्रा मनाउने गरिन्छ । 

प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने, सिन्दुर दलेर छर्केर अापसमा रमाइलाे गरी याे जात्रा मनाउने प्रचलन छ। 

विस्केट जात्राका अवसरमा नै शनिबार थिमीकाे बाेडेमा बुद्धकृष्ण बाघ श्रेष्ठले जिब्राे छेडेका छन्। ४५ वर्षे बाेडेले याे पाँचाैं पटक जिब्राे छेडेका हुन्। यसअघिका जिब्राे छेड्ने परम्परा धान्दै अाएका जुजुभार्इ बसन श्रेष्ठले यस वर्ष जिब्राे नछेड्ने भएपछि बुद्धकृष्णले जिब्राे छेडेर परम्परा धानेका छन्। 

हेर्नुस् तस्बिरहरूः 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App