७ वैशाख २०८१ शुक्रबार
विचार

स्वास्थ्य क्षेत्रबारे बोल्ने बेला

मिलनचन्द्र खनाल

नेपालमा प्रजातन्त्र स्थापनापश्चात् राजनीतिकरूपमा ठूला परिवर्तन हामीले महसुुस गर्न पाएका छौं । केबल वाक स्वतन्त्रताको अत्यधिक विकासले नै होला, मानिस प्रजातन्त्रको पर्याप्त मात्रामा उपयोग गरिरहेको स्थिति छ । जनतादेखि राजनेतासम्म सबै आफ्नो मनका भावना राम्रोसँग पोख्ने अवसरको भरपुर सदुुपयोग गरिरहेका छन् ।

प्रजातान्त्रिक पद्धतिले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत ठूूलो उथलपुुथल ल्याएकामा कुनै शंका गर्ने ठाउँ छैन । प्रजातन्त्र स्थापनापश्चात् नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा च्याउ जस्तै शैक्षिक संस्था खुुल्ने क्रम निरन्तररूपमा जारी छ । नेपालका शैक्षिक बुुद्धिजीवी केबल सार्वजनिक पत्रपत्रिकामा आफ्नो विवेक प्रयोग गर्दै सैद्धान्तिक वाणीहरु पस्कने, अनि तिनै व्यापारीकरणका रूपमा मौलाएका संस्थामा आबद्ध भई व्यक्तिगत लाभको भरपुुर प्रयोग गर्दै सोझासाझा जनतालाई केबल सैद्धान्तिक प्रवचन दिने  काममा मात्र सीमित भएका छन् ।

व्यापारीकरणका रूपमा मौलाएको शिक्षा र स्वास्थ्यलाई सुुधार गर्नतर्फ कसैको ध्यान केन्द्रित भएको छैन ।  त्यसैले त आज नेपालको शिक्षा र स्वास्थ्य गम्भीर मोडमा पुुगेको अवस्था छ ।
व्यावहारिकरूपमा नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र कस्तो रूपमा मौलाउँदै गएको छ त भन्ने सम्बन्धमा डा. गोविन्द केसीको पाँचौँ पटकको अनशनले स्पष्ट पारेको छ । अप्राविधिक शिक्षाले नागरिकको दैनिक जीवन यापनमा तत्कालै कुनै प्रभाव पार्ने संवेदनशील सेवाहरु नहुने भएका कारण सर्वसाधारणले प्रशासनिक तथा अन्य क्षेत्रमा भोगेका दुुःख र पीडालाई क्षणिकरूपमा मात्र मनन् गर्दै कहिले सुध्रिएला हाम्रो संस्कार भन्ने अभिव्यक्तिसँग चित्त बुुझाउँदै आएका छन् ।

साथै संवेदनशील क्षेत्रका रूपमा रहेको स्वास्थ्य सेवामा नागरिकले तत्कालै जीवन र मरणको स्थिति आत्मसात गर्न बाध्य भएको हुुन्छ । उसका लागि कुनै पनि विकल्प रहेको हुुँदैन । व्यापारिक मनसायका रूपमा उम्रिएका स्वास्थ्य संस्थाले गुुणस्तरीयता र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्लान् भन्ने केबल कोरा कल्पनामात्र हुुँदै आएको छ । त्यसैले त स्वास्थ्य सेवाको गुुणस्तर खस्कँदै गएको छ ।
आर्थिक पहुुँच भएकाहरु त राजधानीमा आई स्वास्थ्य सेवाबाट लाभान्वित भइरहेकै छन् ।

स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्नेहरु, सत्तामा आसीन भएकाहरु, सार्वजनिक पद धारण गरेकाहरु, पद दुुरुपयोग गर्दै विदेशमा गएर पनि स्वास्थ्य लाभ गरेकै छन् । दीनदुःखी, गरिब, किसानका लागि, बिहान काम गरेर बेलुुकाको छाक टार्नेहरुका लागि वर्तमान स्वास्थ्य उपचार पद्धतिसमेत ‘आकाशको फल आँखा तरी मर’ को अवस्थामा गइरहेको छ । सर्वसाधारण नेपाली जनताका लागि स्वास्थ्यका ठेकेदारहरुले केबल अन्तरिम संविधानमा ‘निःशुुल्क स्वास्थ्य सेवा’ शब्दको वाण राख्दै राजनीतिक दाउपेचमा लागिरहेका छन् । निःशुुल्क स्वास्थ्य सेवा त केवल अन्तरिम संविधानको पानामा मात्र सीमित छ ।

आज नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका विसंगति, व्यापारीकरण र गुुणस्तरहीनताले आमसर्वसाधारण जनतालाई थिचिरहेको वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रको आमूूल परिवर्तन, चिकित्सा शिक्षाको गुुणस्तर एवं स्वास्थ्यसँग सम्बन्धित निकायहरुमा इमान्दारिता, पारदर्शिता र जिम्मेवारीबोधका कुुरालाई लिएर डा. केसीले आफ्नो ज्यान नेपाली जनतामाझ समर्पित गरिदिनुभएको छ ।

उहाँले उजागर गर्नुुभएका माग सर्वसाधारण नेपालीले बारम्बार बेहोर्दै आइरहेका छन् । स्वास्थ्य क्षेत्रको गुुणस्तरीयता सम्बन्धमा नेपाल सरकार वास्तवमै ज्यादै संवेदनशील हुनुपर्ने हो । दुुर्भाग्यवस सरकारको नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिज्ञहरुको अदूरदर्शिताले नेपालको स्वास्थ्य क्षेत्रलाई कहालीलाग्दो गरी भताभुुङ्ग पार्न खोजिरहेको छ । गुुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समेत व्यापारीकरण गर्दै केवल लाभका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने परिस्थिति हाबी हुुँदै गइरहेका छन् ।

नेपालका शिक्षाविद् भनिनेहरु स्वास्थ्य क्षेत्रको गुुणस्तरीयताका सम्बन्धमा मौन बस्दै चिकित्सा क्षेत्रका अभियन्ता केसीलाई अनेकतरहले गालीगलौज गर्दै बसिरहेका छन् । अझ गजबको कुुरा त के छ भने त्रिविका पदाधिकारी भनिनेहरु नै सार्वजनिकरूपमै उत्रिएर उनलाई गलत सावित गर्न खोजेका छन् । टाउकाले पुुच्छर हल्लाउने कि पुुच्छरले टाउको हल्लाउने भन्नेहरुको इतिहास पल्टाएर हेर्ने हो भने आफूू त्यही पदका लागि त्रिविको अध्ययन÷अध्यापनलाई बन्धक बनाएर करोडौं विद्यार्थीको पैसामा डुुबुुल्की मार्दै पदासीन भएका छन् ।

राजनीतिक भागबन्डाका आधारमा त्रिविका गरिमामय पदमा आसीन राजनीतिक दलका भरौटे ठेकेदारहरुले राजनीतिक दलहरुको आदेश शिरोधारण गर्दै करोडौं नेपाली जनताको पसिनाबाट खाइ÷नखाइ तिरेको शुुल्कको दुुरुपयोग गर्नुसिवाय अरु के नै गर्छन् र ? आफैँले निर्माण गरेको शैक्षिक क्यालेन्डरलाई त पालना गर्न नसक्ने निकम्बाहरु पुुच्छर र टाउको मोलमोलाई गर्नुुबाहेक तिनीहरुबाट हामीले अरु के नै आशा गर्न सक्छौं र ? पदीय जिम्मेवारीको दुुरुपयोग गर्दै प्राध्यापकको गरिमालाई समेत कालो धब्बा लगाउनेहरुलाई अब नेपाली जनताले कुनै पनि हालतमा छुुट दिनुुहुुँदैन ।
डा. केसीले नेपाली जनताको जागरणका लागि आफ्नो ज्यानको बाजी लगाएर पाँचौँ पटक हामी नेपाली जनतालाई ‘अब जाग जनता, तिमीहरुको गुुणस्तरीय स्वास्थ्य सेवाका लागि मैले मेरो ज्यान पुनः समर्पित गरेको छुु, मेरो अन्तिम सास रहुुन्जेलसम्म स्वास्थ्य क्षेत्रका ठेकेदारहरुले हामीलाई धोका दिन सक्ने छैनन् तर त्यसका लागि अब तिमीहरु जाग्नुुबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । सरकारको नेतृत्व गरेकाहरुले पटकपटक मसँग र मेरो छाता संगठन नेपाल चिकित्सक संघसँग केबल सम्झौता गरे तर त्यसको कार्यान्वयन गरी तिमी जनतालाई गुुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न चाहेनन्’ भन्ने सन्देश दिनुुभएको छ ।

अब हामी सम्पूूर्ण नेपाली दाजुुभाइ दिदीबहिनीको काँधमा शिक्षा र स्वास्थ्य क्षेत्रको आमूूल परिवर्तनका लागि अन्तिम लडाइँ लड्ने समय आएको छ । स्वास्थ्य क्षेत्रका सम्पूूर्ण सरोकारवाला निकायले विलम्ब नगरी गम्भीररूपमा अन्तिम रणनीति तर्जुमा गर्नुपर्छ । यस्तो रणनीति तर्जुमा होस् कि अब हामी पुनः यस्तो कठोर कदम चाल्न नपरोस् भन्ने दिशातर्फ हेक्का राख्दै प्रभावकारी रणनीति तर्जुमा गर्न नेपाल चिकित्सक संघले अगुुवाई भूमिका निर्वाह गर्नु नै पर्छ ।  त्यसका लागि सर्वसाधारण नेपाली दाजुुभाइ तथा दिदीबहिनीको अझ बढी समर्थन र ऐक्यबद्धताले मात्र नेपालको समग्र स्वास्थ्य शिक्षा र सेवा परिवर्तन गर्न सकिनेछ ।

स्वास्थ्य क्षेत्रको ठेकेदारका रूपमा रहेकाहरुले हाम्रो आन्दोलन तुहाउन विभिन्न हरकत गर्ने नै छन् । त्यस्ता हरकत र चेतावनी चिर्दै आगामी दिनमा चालिने रणनीतिक आन्दोलनका कार्यक्रम तिनीहरुलाई घुुँडा टेकाउन बाध्य बनाउनेखालको हुनुु नै पर्नेछ ।
वास्तवमा स्वास्थ्य क्षेत्रमा संलग्न सम्पूूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकको प्रतिष्ठाका रूपमा अबको आन्दोलन अगाडि बढ्नुुपर्छ । केसीको इमान्दारिक समर्पणलाई स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले गम्भीररूपमा आत्मसात गर्दै हालको आन्दोलन सफल बनाउने संकल्प गर्न कत्ति पनि विलम्ब गर्नुहुुँदैन ।

अब पनि केसीको केबल जीवन रक्षाको मात्रै पहल गर्ने हो भने चिकित्सा शिक्षाका अभियन्ताले हामीलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नसकिएको खण्डमा चिकित्सा शिक्षाको श्राप लाग्नेछ । गुुणस्तरीय स्वास्थ्य र शिक्षाका नाममा तस्करहरुको बोलवाला चल्नेछ, चिकित्सा शिक्षाका वास्तविक विज्ञ भनिनेहरु लाचार हुनेछन् । चिकित्सा शिक्षाको सपथ केबल देखावटीमात्र हुनेछ । त्यसैले नेपाली चिकित्सा शिक्षाका वास्तविक विज्ञहरु अब बोल्ने समय आएको छ, तपाईँहरुको सक्रिय सहभागिता नेपालको स्वास्थ्य क्षेत्रले मागिरहेको छ ।

तपार्इँ चिकित्सा विज्ञानका प्रभावशाली चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो इमान्दारिता र नैतिकतालाई पुनः एक पटकका लागि समर्पित गर्नुपर्छ ।
अबको समय कसैको आलोचना र व्यंग्यमा मात्र सीमित गर्ने नभई सम्पूूर्ण चिकित्सकको स्पष्ट योजना र रणनीतिअनुुरूप स्वच्छ, तन, मन र सकारात्मक भावनाका साथ एकताबद्ध भई नेपालको स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि अन्तिम लडाइँका रूपमा समर्पित हुनुु आजको टड्कारो आवश्यकता हो । यदि यसो गर्न सफल हुने हो भने चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका साथै उहाँले देखाउनुभएको मार्गमा नेपालको स्वास्थ्य क्षेत्रले अवश्य पनि काँचुुली फेर्न सक्नेछ ।

 

प्रकाशित: ३० असार २०७३ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App