coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कफी, केक र किताब कम्बो

तपाईं कहिलेकाहीँ सोच्नुहुन्छ होला, काठमाडौंको कोलाहल, भीडभाडभित्र कतै यस्तो ठाउँ होस्, जहाँ कफी पिएर केहीबेर सुस्ताउन पाऊँ। त्यहाँ कफीसँगै केकको बाइट भए अझ राम्रो। त्यसमाथि किताब पढ्दै कहिलेकाहीँ कामकाजको शारीरिक र मानसिक दुवै थकान बिसाउन सकियोस्।

यस्तो सोच्नेका लागि हो– बोधी बुक्स एन्ड बेक्स। यो काठमाडौंको महाराजगन्जमा छ। 'यहाँको विशेषता भनेकै हो,' सञ्चालक विदुषी ढुंगेल भन्छिन्।

यो कफीको पारखीका लागि नेपाली अर्ग्यानिक कफीको स्वादमा रमाउने उत्तम ठाउँ हो। कफी, केक र किताबमा रमाउने युवाका लागि यो आकर्षणको केन्द्र बनिसकेको छ। साथै, अरु खानेकुरा पनि बोधीको मेन्युले समेटेको छ।

उनी सानैदेखि कफी सोखिन। बेकिङमा पनि राम्रो दख्खल थियो। अनि एउटा टिनएज सपना थियो– कफी र केक खाँदै किताब पढ्ने आफ्नै कुनै स्पेस होस् र अरुका लागि पनि त्यस्तै स्पेस बनाइदिऊँ। उनको परिकल्पना, सपना र सोखको उपज  हो– बोधी बुक्स एन्ड बेक्स। झन्डै साढे दुई वर्ष भयो, उनको परिकल्पना साकार भएको।

बोधीमा विदुषीकै रेसिपीका कफी र केक छन्। यहाँ चिज, बनाना, चकलेट केक, एपल पाईजस्ता बेक्सका स्वाद चाख्न पाइन्छ। यो कफीको पारखीका लागि नेपाली अर्ग्यानिक कफीको स्वादमा रमाउने उत्तम ठाउँ हो। कफी, केक र किताबमा रमाउने युवाका लागि यो आकर्षणको केन्द्र बनिसकेको छ। साथै, अरु खानेकुरा पनि बोधीको मेन्युले समेटेको छ।

कफीको चुस्कीसँगै उद्यमशीलता र सिर्जनशीलता नयाँ विचार उत्पादन गर्ने वर्गका लागि पनि एक खालको वातावरण हो, बोधी। यहाँ साहित्य, समाज, इतिहास, विकास, राजनीतिजस्ता विषयका किताब पनि छन्। बोधीमा विदुषी र उनका पति जगन्नाथ लामिछानेले पढेका किताबको संकलन राखिन् ताकि जो–कोही आएर पढ्न सकियोस्। देश र विदेशका राम्रामा गनिएका नयाँ किताब पनि राखिएका छन्, जसलाई भने किनेर लैजान सकिन्छ।

सञ्चालकले भनेझैं किताब र केकसँगै यहाँको मुख्य विशेषता वातावरण नै हो। साथीभाइसँग आएर कफी पिउँदै किताब पढ्ने र छलफल गर्ने मात्र होइन, एक्लै आउँदा पनि सहज महसुस गर्न सकिने वातावरण छ।

सहरको आकार र जनघनत्व बढिरहेको यो समयमा यसले आरामसँग कफी पिउन लाजिम्पाट या झम्सिखेलतिर जानुपर्ने बाध्यताको विकल्प दिएको छ। सञ्चालक विदुषी ढुंगेलका अनुसार नयाँ पुस्तामा किताब पढ्ने संस्कृतिको विकास गर्नु पनि यसको एउटा भित्री उद्देश्य हो। यदि त्यसो हो भने किताबको संकलनलाई अझ व्यवस्थित र अद्यावधिक गर्नुपर्ने देखिन्छ। यहाँको बेक्सको मेन्यु भने छिट्टै अझ परिष्कृत बनाउने योजना रहेको उनले बताएकी छन्।

प्रकाशित: २ वैशाख २०७४ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App