coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ६ मा वर्चस्व जोगाउन होड

स्थानीय तह निर्वाचनको मिति नजिकि“दै जा“दा प्रदेश नम्बर ६ मा पनि चुनावी सरगर्मी बढेको छ। स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आकांक्षीका साथै राजनीतिक दलले पनि सक्रियता बढाएका छन्। दलहरु उम्मेदवार छनोटका आधार तयार पार्न व्यस्त छन्।

सुर्खेत

सुर्खेतमा नौ स्थानीय तहमध्ये पा“च नगरपालिका छन्। ठूला दुई दल कांगे्रस र एमालेले उम्मेदवारको टुंगो लगाउन बा“की छ। माओवादीले पाँच नगरपालिकामध्ये चारमा उम्मेदवारको टुंगो लगाएको छ।

वीरेन्द्रनगर नगरपालिका

माओवादीले वीरेन्द्रनगर नगरपालिकामा रत्न गाहालाई प्रमुख र हरिमाया शर्मालाई उपप्रमुखको उम्मेदवार बनाएको छ। माओवादी उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन्। कांगे्रस र एमालेले कस्ता अनुहार छनोट गर्लान् भन्ने सर्वत्र चासो छ। २०७० को संविधानसभा निर्वाचनमा तीनवटै क्षेत्रमा विजय हासिल गरेको कांगे्रस स्थानीय तहमा पनि आफ्नो वर्चस्व स्थापित गर्ने होडमा छ भने वीरेन्द्रनगर नगरपालिकासहित तत्कालीन जिविस, गाविसमा पकड जमाएको एमाले पनि विगतकै विरासत जोगाउने कसरतमा छ।

 वीरेन्द्रनगरको मेयरका लागि कांगे्रसबाट कमलराज रेग्मी, गोविन्द कोइराला, देवकुमार सुवेदी, जानकी सिंहलगायतको नाम चर्चामा छ। एमालेबाट बालाराम शर्मा, अमृत बिसी, नीलकण्ठ खनाल, कुलमणि देवकोटा, मोहनमाया ढकाल, कृष्णबहादुर हमाल चर्चामा छन्। शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका गेहेन्द्रप्रसाद दहालले स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन्।

लेकबेसी नगरपालिका

लेकबेसी नगरपालिकामा माओवादीले खड्गबहादुर घर्तीलाई प्रमुखको उम्मेदवार बनाएको छ। लेकबेसीमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार चयन गर्न सकेका छैनन्। कांग्रेसबाट भूपेन्द्र सुवेदी, उमेश पौडेल र टोपबहादुर टंलामी आकांक्षी छन् भने एमालेबाट गगनसिंह सुनार, देवबहादुर राना र टीकाराम सोमैबीच प्रतिस्पर्धा छ।

भेरीगंगा नगरपालिका

भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट रामबहादुर सिंह, बेदु गिरी, झकबहादुर डाँगी, बलबहादुर वली आकांक्षी छन्। नेकपा एमालेबाट यज्ञप्रसाद ढकाल, लालमणि पौडेल  र टीकाराम सुवेदी आकांक्षी छन् भने माओवादी केन्द्रबाट नरेन्द्र कार्की, कृष्णप्रसाद गिरी र नरबहादुर थापा आकांक्षी छन्।

पञ्चपुरी नगरपालिका

पञ्चपुरी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसबाट भीष्म हमाल, पदमदेव गिरी, उपेन्द्र थापा, कृपा थापा र याम बिसी, नेकपा एमालेबाट रेशम राना, मनबहादुर विक, धनबहादुर थापा, तुलबहादुर सहकारी र भीमबहादुर रावत आकांक्षी छन्। माओवादीले धनबहादुर विकलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

गुर्भाकोट नगरपालिका

गुर्भाकोट नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट नगर सभापति हस्त पुनको चर्चामा छन्। एमालेबाट जिल्ला कमिटी सदस्य देवबहादुर खत्री, वेदबहादुर नेपाली र थमानसिंह खत्री आकांक्षी छन् भने माओवादीले हीराबहादुर थापालाई उम्मेदवार बनाएको छ।

जाजरकोट

जाजरकोटमा सात स्थानीय तहमध्ये तीनवटा नगरपालिका छन्। यहाँ पनि उम्मेदवार छान्न दललाई सकस भइरहेको छ। उम्मेदवार छान्न

दलहरुले दिनहुँ गाउँदेखि जिल्ला स्तरमा बैठक गरिरहे पनि टुंगोमा पुग्न सकेका छैनन्। जाजरकोटमा पनि मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लाई सकस परिरहेको छ । प्रमुख पद (मेयर) मा धेरैको आकांक्षा भएपछि निर्णय गर्न सकस परेको हो।

त्रिवेणी नलगाड नगरपालिका

त्रिवेणी नलगाड नगरपालिकामा प्रमुख तीन दल उम्मेदवार छनोटमा व्यस्त छन्। तीनै दलबाट मेयरका लागि धेरै आकांक्षी देखिएपछि उम्मेदवार छनोटमा समस्या देखिएको छ। नेपाली कांग्रेसबाट युवा नेता प्रकाश पन्त र पुराना नेता वीनबहादुर सिंह, मोहन विकलगायतको नाम चर्चामा छन्। कांग्रेसबाट प्रतिनिधि खटिएका नेता वेदराज सिंहले 'गोल्डेन हिस्ट्री' वा 'गोल्डेन फ्युचर' भएको नेतालाई उम्मेदवार बनाइने बताए। 'आमूल परिवर्तनपछि जनताले नयाँ  र सम्भावना बोकेका युवाको खोजी गरिरहेका छन्,' उनले भने, 'पार्टीले सोहीअनुसार निर्णय गर्छ।'

यस्तै नेकपा एमालेबाट नवराज सिंह, नबेन्द्र नेपाली र धनबहादुर रावलबीच प्रतिस्पर्धा छ भने माओवादीबाट टेकबहादुर रावल र प्रताप जैसी प्रतिस्पर्धी छन्।

भेरी नगरपालिका

भेरी नगरपालिकाको उम्मेदवार छनोटका लागि एमालेभित्र मतदान भएको छ। प्रमुखका लागि पाँचजनाले  आकांक्षा देखाएपछि चुनाव गर्नुपरेको हो। मतदानमा सिपी घर्ती र कमान खड्काले १७–१७ मत प्राप्त गरेका थिए। घर्ती अध्यक्ष केपी वली पक्षका हुन भने खड्का वरिष्ठ नेता माधव नेपाल पक्षका हुन्। नगर प्रमुखका लागि दुवै जनाको नाम प्रदेश समितिमा पठाइएको छ।

नेपाली कांग्रेसबाट सनतकुमार कार्की, ज्ञानीप्रसाद शर्मालगायतको नाम चर्चामा छ भने माओवादी केन्द्रबाट ढकवीर राना, नवराज सिंह र अमरसिंह राठौर आकांक्षी छन्।

छेडागाड नगरपालिका

छेडागाड नगरपालिका प्रमुखका लागि प्रमुख तीन दलले उम्मेदवार टुंगो लगाएका छन्। कांग्रेसले मेयरका लागि रत्नबहादुर खड्का सर्वसम्मत चयन गरेको छ भने माओवादीले मेयरमा चन्द्रवहादुर थापा र उपमेयरमा धर्मशीला खत्री बस्नेतलाई सर्वसम्मत चयन गरेको छ। एमालेले मेयरका लागि लालबहादुर महतारालाई अघि सारेको छ।

दैलेख

चारवटा नगरपालिका रहेको दैलेखमा मेयरका आकांक्षी धेरै देखिएका छन्। चारवटै नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ। दुवै दलले चुनाव जित्नका लागि बलियो र चर्चित व्यक्तिको खोजी गरिरहेका छन्। मेयरका लागि आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न भने सकस भइरहेको छ।

दुल्लु नगरपालिका

दुल्लु नगरपालिकामा नेपाली कांग्रेसबाट मधुविक्रम खनाल, भूपेन्द्र्र महत, घनश्याम भण्डारीको नाम चर्चामा छ। नेकपा एमालेबाट तिलक रिजाल, रुद्र शाही, बरुणनाथ योगी र म्ाओवादीबाट मयाराम थापा, ढकेन्द्रबहादुर शाही र हंशबहादुर खड्काको चर्चा छ।

आठबीस नगरपालिका

आठबीस नगरपालिकामा कांग्रेसबाट प्रेमप्रकाश शाही, भूपेन्द्र्र शाही र पृथी शाहीको नाम चर्चामा छ। यस्तै एमालेबाट खड्कराज उपाध्याय, ओमजंग शाही, तेजबहादुर महतारा प्रतिष्पर्धामा छन् भने माओवादीबाट जोकबहादुर मगर, लक्ष्मीकमल न्यौपाने, पदमबहादुर बस्नेत, मयाराम विकको नाम चर्चामा रहेका छ।

चामुण्डा विन्दासैनी नगरपालिका

चामुण्डा विन्दासैनी नगरपालिकामा कांग्रेसबाट ईश्वर बिष्ट, कमलापति सुवेदी, गणेश शाही र भक्तिराम तिमेल्सेनाको नाम चर्चामा छ भने एमालेबाट सूर्यबहादुर शाही, शेरबहादुर रावत सम्भावित उम्मेदवार हुन्। यस्तै माओवादीबाट गंगाराम रावत, छविलाल नेपाली र धर्मराज खड्कामध्ये एकजनाले मेयरको टिकट पाउनेछन्।

नारायण नगरपालिका

जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकामा कांग्रेसबाट मणिराम रेग्मी, गणेश उपाध्याय, एमालेबाट लोमन काफ्ले, प्रेम थापा, रत्नबहादुर खड्का र म्ाओवादीबाट ताराकेशर शर्मा, रामबहादुर महतारा, थिरबहादुर बोकटीको चर्चा छ।

कालिकोट

रास्कोट नगरपालिका

रास्कोट नगरपालिकामा नेपाली कांग्रेसबाट दानबहादुर बम, आनन्दविक्रम शाही आकांक्षी छन्। एमालेबाट मनिराज बराल, तुलाराज सिम्खाडा, कालिबहादुर शाही आकांक्षी छन भने नेकपा माओवादी केन्द्रबाट धर्मराज शाही, जगत शाही, काशी बराल, नेत्रराज शाही आकांक्षी देखिएका छन्।

खाडाचक्र नगरपालिका

खाडाचक्र नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका लागि तारा शाही, पदमबहादुर शाही, खडानन्द पाण्डे र विष्नुबहादुर शाही आकांक्षी देखिएका छन्। नेकपा एमालेबाट कमलबहादुर शाही, तिलबहादुर शाही, तुलाराज मल्ल, प्रेमबहादुर शाही, जसीप्रसाद पाण्डे, रविन्द्र शाही र विजया बिष्ट आकांक्षी छन् भने नेकपा माओवादी केन्द्रबाट गणेश शाही, लक्ष्मीप्रसाद चौलागाई र पूर्णिमा चौलागाई प्रतिस्पर्धी देखिएका छन्।

तिलागुफा नगरपालिका

तिलागुफा नगरपालिकामा कांग्रेसबाट अम्मबहादुर शाही, मनराज शाही र पूर्णबहादुर शाही मेयरका आकांक्षी देखिन्छन्। यस्तै नेकपा एमालेबाट कलबहादुर शाही, श्रीबहादुर शाही र ऐनबहादुर शाही तथा माओवादी केन्द्रबाट दिनेश चँदारा, महेन्द्रबहादुर शाही र रत्नबहादुर शाही आकांक्षी देखिएका छन्।

सल्यान

शारदा नगरपालिका

शारदा नगरपालिकामा मेयरका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन्। नेपाली कांग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेवि संघका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर एकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन्। यस्तै, एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्› शर्माको नाम चर्चामा छ। माओवादी केन्›ले तिलकराज भण्डारी, प्रमोद श्रेष्ठ, नविनसिंह भडेलको नाम चर्चामा रहेको छ। राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई मेयरमा अघि सारेको छ।

बागचौर नगरपालिका

नेपाली कांग्रेसबाट एकराज डिसी, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन्। एमालेबाट लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ। माओवादीका तर्फबाट लोकमान बुढाथोकी, टीकाराम वली, ज्ञानबहादुर वलीको चर्चा छ।

वनगाड कुपिन्डे नगरपालिका

वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रूपमा हेरेका छन्। एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्›का जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीबीच मेयरमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। एमालेबाट टोपबहादुर बिष्ट, जीवन बिसी र माओवादीभित्र कमल विक, कृतिबहादुर राना पनि आकांक्षी छन्। नेपाली कांग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र बिष्टले आकांक्षा देखाएका छन्।

जुम्ला

चन्दननाथ नगरपालिका

चन्दननाथ नगरपालिकामा मेयरमा कांग्रेसका कान्तिका सेजुवाल, देवेन्द्र शाही, दीपक शाही, राजुसिंह कठायत, गौरीनन्द आचार्य, पदमबहादुर शाही आकांक्षी देखिएका छन्। एमालेबाट कालीबहादुर रोकाया र शान्तिलाल महतको सम्भावना देखिएको छ भने नेकपा माओवादी (केन्द्र)बाट ललित महत, अशोक श्रेष्ठ, जीवन बुढ्थापा, मनोज वुढाथोकीमगर चर्चामा छन्।

डोल्पा

ठूलीभेरी नगरपालिका

ठूली भेरी नगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले सुवर्ण बुढाको नाम सिफारिस गरेको छ। एमालेबाट गणेश शाही, हरिप्रसाद डाँगी, नन्दसिंह बुढा र नरबहादुर बुढाको नाम मेयरका लागि चर्चामा छ। नेकपा माओवादी (केन्द्र) बाट अमल क्षेत्री र लक्ष्मी कार्कीको नाम बाहिर आएको छ।

त्रिपुरासुन्दरी नगपालिका

त्रिपुरासुन्दरी नगपालिकाको मेयरका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ। कांग्रेसबाट दिलबहादुर बिष्टको नाम सिफारिस भइसकेको छ। एमालेले ओमबहादुर बुढा र विमाकर पहाडीको नाम सिफारिस गरेको छ।  दुई मध्येबाट एक जना मेयरको उम्मेदवार हुने छन्। एमालेले उपमेयरमा चन्द्राकुमारी बुढालाई टुंगो लगाएको छ। नेकपा माओवादी (केन्द्र) बाट रामलाल विक, उर्मिला विक र काली चलाउनेको चर्चा छ।

मुगु

छायानाथ रारा नगरपालिका

मुगुको एक मात्र छायानाथ रारा नगरपालिकामा नेपाली कांग्रेसबाट पार्टी उपसभापति सूर्यदेवी मल्ल, महासमिति सदस्य तिलकबहादुर मल्ल, खगेन्द्र मल्ल, हरिजंग शाही र ऐनबहादुर हमाल आकांक्षी छन् भने नेकपा एमालेबाट शिक्षकबाट राजिनामा दिएका डम्वरबहादुर रावल, एमाले जिल्ला सचिव जीतबहादुर मल्ल, दानसिंह नेपाली र बलबहादुर विक आकांक्षी छन्। यस्तै नेकपा माओवादी (केन्द्र) बाट केवल मल्ल र सन्तोष मल्ल आकांक्षी छन्।

रुकुम

मुसीकोट नगरपालिका

मुसीकोट नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट मोहवीर खड्का, गोरखबहादुर केसी, महेन्द्र केसी, सुरजजंग मल्ल र राजु केसी आकांक्षी छन् भने एमालेबाट विमलकुमार पुन सर्वसम्मत भएका छन्। यस्तै माओवादी केन्द्रबाट देवीलाल गौतम मेयरमा र प्रेमकुमारी सुनार केसी उपमेयर उम्मेदवारमा चयन भएका छन्।

चौरजहारी नगरपालिका

चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट तिलक भण्डारी, प्रेमबहादुर ओली र खड्गबहादुर डाँगी, नेकपा एमालेबाट ऋषिप्रसाद शर्मा र कल्याणी खड्का तथा माओवादी केन्द्रबाट विशाल शर्मा, राजकुमार शर्मा र इन्द्रलाल शर्मा मेयरका आकांक्षी छन्।

आठबीसकोट नगरपालिका

आठबीसकोट नगरपालिकामा नेपाली कांग्रेसबाट धिरेन्द्र बटाला र गंगाराम गौतम नेकपा एमालेबाट हरिप्रसाद शर्मा र सुरज परियार, ओवादी केन्द्रबाट गोरखबहादुर केसी र रातो कामी आकांक्षी छन्।

नगेन्द्र उपाध्याय/सुर्खेत, गोविन्द केसी/दैलेख, जनक केसी/जाजरकोट, पवित्र शाही/कालिकोट, डिबी बुढा/जुम्ला र गणेश विक/रुकुम को सहयोगमा

प्रकाशित: २ वैशाख २०७४ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App