coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले मधेसी मोर्चाबाट स्थानीय चुनाव बहिष्कार भएमा तराई मधेसका जिल्लामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने भएको छ। कांग्रेसले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, केन्द्रीय सदस्य तथा त्यहाँका जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ। अन्तर्त्रि्कयामा सभापित शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला उपस्थित हुनेछन्।

'स्थानीय चुनावबारे छलफल गर्न शनिबार कांग्रेसको नेतृत्वले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने संासद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ', कांग्रेस नेता रामकृष्ण यादवले भने, 'छलफलमा मधेसी मोर्चाले गर्ने भनेको आन्दोलनबारे पनि कुरा उठ्नेछ।'

मधेसी मोर्चाले चुनाव बहिष्कार गरेमा आउन सक्ने अवरोधबारे पनि अन्तर्त्रि्कयामा छलफल हुने नेताहरूले बताएका छन्।  नेता फरमुल्लाह मन्सुरले २ नम्बर प्रदेशको स्थितिबारे छलफल गर्न अन्तर्त्रि्कया कार्यक्रम रखिएको बताए।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांासद तथा केन्द्रीय सदस्यले मधेसी मोर्चालाई समेटेर चुनावमा जान नेतृत्वलाई सल्लाह दिँदै आएका छन्। कांग्रेस नेतृत्वले पनि  मधेसी मोर्चासँग पटकपटक छलफल गरेको छ।

कांग्रेसले वैशाख ३१ गतेको चुनाव कुनै पनि अवस्थामा सार्न नहुने अडान राख्दै आएको छ। 'वैशाख ३१ गतेको चुनाव कुनै पनि अवस्थामा सार्न सकिँदैन', कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने। 

मधेसी मोर्चाको आन्दोलन तयारी

यता, मधेसी मोर्चाका शीर्ष नेताले शुक्रबार सानोठिमीस्थित महन्थ ठाकुरको निवासमा बैठक गरी तराई मधेसमा चुनाव बिथोल्नेगरी आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। आइतबारपछि आन्दोलनका कार्यक्रम सशक्त बनाउने रणनीति उनीहरूले तय गरेका छन्। सरकारले बोलाएमा वार्तामा पनि जाने र आन्दोलन पनि जारी राख्ने उनीहरूले बताएका छन्। 'सरकारले जबरजस्ती गर्न खोजे मधेसका जनता पनि चुप लागेर बस्दैनन्, प्रतिकारमा उत्रन्छन्', तमलोपा अध्यक्ष ठाकुरले भने, 'हामीले चुनावमा नजाने निर्णय गरिसकेका छौं। अब सशक्त आन्दोलनमा जान्छौं।' ठाकुरले सरकारले बोलाएमा वार्तामा पनि जाने बताए। 'हामी वार्ताविरोधी होइनौं। वार्तामा जान्छौं तर आन्दोलनमा पनि जान्छौं', उनले भने।

स्रोतका अनुसार मोर्चामा आबद्ध ६ दलको एकीकरणबारे पनि बैठकमा छलफल भएको थियो । ठाकुरले केही दिनभित्रै ६ दलबीच एकीकरण हुने बताए। बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायत उपस्थित थिए।

प्रकाशित: २ वैशाख २०७४ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App