८ वैशाख २०८१ शनिबार
राजनीति

६३ दलले बुझाए हस्ताक्षर

काठमाडौं- वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता प्रयोजनका लागि ६३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छन्। आयोगमा दर्ता १ सय १३ दलमध्ये स्थानीय निर्वाचनमा भाग लिन ८० वटा दल दर्ता भएका छन्। ८० मध्ये ६३ दलले मात्रै नमुना हस्ताक्षर आयोगमा बुझाएका हुन्।

आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाललगायत ६३ दलले  आफ्नो आधिकारिक हस्ताक्षर बुझाएका छन्। आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेदवार मनोनयनका लागि औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर, पद र दस्तखतको नमुना बुझाउने दलले मात्रै दलीय हैसियत प्राप्त गर्ने बताए। उनका अनुसार यस्तो विवरण र हस्ताक्षर नबुझाउने दललाई आयोगले निर्वाचन चिह्नसमेत दिने छैन। '६३ दलले विवरण बुझाएकाले उनीहरूलाई मात्रै स्थानीय तह निर्वाचनमा आयोगले चिन्छ, र तिनले मात्रै दलीय हैसियतमा निर्वाचनमा भाग लिनेछन्,' उनले भने। यीमध्ये संसदमा प्रतिनिधित्व गर्ने २७ दललाई दलगत चुनाव चिह्न र बाँकीलाई स्वतन्त्र चुनाव चिह्न दिइने छ। 

आयोगका प्रवक्ता शर्माले उम्मेदवारी दर्ता गर्दा दलको आधिकारिकताका लागि हस्ताक्षर र जिम्मेवार व्यक्तिको विवरण मागिएको बताए।  

प्रकाशित: २ वैशाख २०७४ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App