८ वैशाख २०८१ शनिबार
कला

सविन रार्इले झुमाए सिभिल मलमा नयाँवर्षका दर्शक (भिडियाे)

काठमाडौं– नयाँ वर्षको अवसरमा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा सविन राई एन्ड द फ्यारो ब्याण्डले दर्शकहरुलाई मनोरञ्जन गराएको छ। उक्त कार्यक्रममा डेक्सटेरस ब्याण्डले पहिलो प्रस्तुति दिँदै नेपाली, अंग्रेजी र हिन्दी गीतहरु प्रस्तुत गरेको थियो। सविनले भने नेपाली गीतहरुको प्रस्तुति दिएका थिए।

नयाँ वर्ष मनाउन आएका र गर्मीले सुस्ताएका दर्शकहरुलाई दुई ब्याण्डको प्रस्तुति र प्रस्तोता खुस्बु प्रधान दमदार एंकरिङले संगीतको तालमा झुमाएको थियो। कार्यक्रममा सविन राईको प्रस्तुति निकै ऊर्जावान देखिएको थियो।

आयोजकले गायक सुगम पोखरेल आउने बताएपछि सुगमको गीतमा झुम्न आएका दर्शकको चाहना मुग्लिनको जाममा सुगमको गाडी अड्किएपछि पूरा हुन सकेन । सुगम आइनपुग्ने भएपछि आयोजकले सविनलाई निम्त्याएको थियो । जेहोस्, सुगमको अनुपस्थितिलाई खट्किन भने सविनले दिएनन् ।
सविनले किनकी म माया गर्छु, कालोकालो रातको, आफ्नो कथा, तिमी नै हौ, माया जालैमा, तिम्रो नाम तिमीवीना लगायत बोलका गीत प्रस्तुत गरेका थिए।

प्रकाशित: १ वैशाख २०७४ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App