८ वैशाख २०८१ शनिबार
प्रवास

युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने

युएई - युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।  कम्पनीले विदेशी बजारमा नेपाली चलचित्रको बजार व्यवस्थपानलाई बिस्तार गर्ने भएको हो। कम्पनीले आफ्नो बजारलाई युएई, कतार, बहराईन र ओमनका सबै सहरहरुमा विस्तार गर्ने जनाएको छ।

नयाँ बर्षको शुरुवात संगै २०७३ सालमा विदेशी भुमिमा प्रर्दशन गरिएका नेपाली चलचित्रहरुको बारेमा शुक्रबार नागरीक न्युज संग कुरा गर्दै कन्सेप्ट भिजनका डाईरेक्ट राजन अधिकारीले सो कुरा बताए।

 'अघिल्लो बर्षमा हामीले सोचे जस्तो दर्शकहरु पाउन सकेनौ',  कन्सेप्ट भिजनका डाईरेक्ट  अधिकारीले नागरीक न्युजसंग भने 'त्यसैले व्यावसायीको हिसाबले हेर्ने हो भने सन्तोसजनक देखीएन।' अब नयाँ बर्षबाट बजार व्यवस्थापनलाई राम्रो बनाएर अगाडी बढ्ने उनको भनाई छ।

कन्सेप्ट भिजनले युएईमा अहिले सम्म नेपाली कार्यक्रमहरु हुन नसकेको ठाउँहरुमा पनि नेपाली चलचित्र प्रर्दशन गरी बजारलाई बिस्तार गरिरहेको छ ।

युएईमा पहिलो पटक वैधानिक रुपमा नेपाली चलचित्र प्रदर्शन सुरुवात गरेको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपाले   युएईको स्थानिय डिष्ट्रिव्युटर्स संग समन्वयन गरी अक्टुबर १४ गते बाट  नेपाली चलचित्र प्रदर्शन गर्दै आएको छ ।  

कन्सेप्ट भिजनले २०७३ सालमा विर बिक्रम, छक्का पन्जा, सकुन्तला, पुरानो ढुंगा, लुट २ र जात्रा सहित ६ वटा चलचित्र विदेश बजारमा प्रर्दशन गरिसकेको छ ।

 अहिले युएईको नौ वटा फिल्महलहरुमा नेपाली चलचित्र जात्रा  प्रर्दशन भईरहेको छ।

 

प्रकाशित: १ वैशाख २०७४ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App