८ वैशाख २०८१ शनिबार
समाज

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

फाइल फाेटाे

चितवन – नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरो पन्छयाउने काम सकिएपछि अहिले दिउँसो १२ः३० बजेबाट सडक सञ्चालनमा आएको हो । 

उनका अनुसार, पहिरो बढी खसेपछि आज बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको थियोे । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा तीन दिनयता सुख्खा पहिरो खसिरहेको थियो । करिब ३५ मिटरमाथिबाट पहिरो खसेको थियो । 

पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँच किलोको बीचमा पर्दछ । आज नयाँ वर्षको पहिलो दिन भएकाले दैनिक रुपमा दिउँसो गरिँदै आएको आवागमन बन्द  नगरिएको खनालले बताए । सडक स्तरोन्नतीका कारण दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकिएकोमा आज भने नरोकिने जनाएको छ । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App