coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ७ मा दलहरू उम्मेदवार छनोटमा व्यस्त

स्थानीय तह निर्वाचनमा प्रदेश ७ का नगरपालिकामा उम्मेदवारका आकांक्षीको ताँती लागेको छ। ठूला दलमा धेरै जना उम्मेदवारका आकांक्षी देखिएका छन्। सबै दल उम्मेदवार छनोटका लागि छलफलमा जुटेका छन्।

कैलाली

गोदावरी नगरपालिका

गोदावरी नगरपालिकामा कांग्रेसका  वीरेन्द्र भट्ट, खड्कसिंह बडैला, हेमप्रकाश उप्रेती,  लोकराज पाण्डेय आगो,  धर्मराज भट्ट, पुष्पराज जोशी, टीकानाथ जोशी र यज्ञबहादुर चौधरी उम्मेदवारका आकांक्षी छन्। उपमेयरमा भगवती पाठक, तुलसा देवकोटा, लक्ष्मी भण्डारी र जानकी पाल आकांक्षी छन्।

एमालेबाट मेयरका आकांक्षीमा खम्बा बुढा, कृष्ण सुवेदी, चुनकुमारी चौधरी, हरिसिंह साउद र भीम बोगटी छन्। उपमेयरमा रतना कडायत, मीना विक, शारदा रोकाय आकांक्षी छन्। माओवादी केन्द्रबाट गोकर्ण भट्ट उम्मेदवार बन्न चाहेका छन्। उपमेयरमा सुशीला चौधरी, शोभा चौधरी, तारा भुल र सुमित्रा सोव आकांक्षी छन्। राष्ट्रिय जनमोर्चाबाट निर्मल गुरुङ, हरिकृष्ण पाण्डेय र विक्रम विक मेयर पदमा उम्मेदवारका आकांक्षी देखिएका छन्। गोदावरी नगरपालिकामा करिब ४५ हजार मतदाता छन्।

गौरीगंगा नगरपालिका

गौरीगंगा नगरपालिकामा मेयरका आकांक्षीमा कांग्रेसका दिनेशराज जोशी, शेरबहादुर देउवा, रामबहादुर कलेल, भोज बम, मणिराज सापकोटा, यज्ञनिधि कोइरालालगायत छन्।

उपमेयरमा मोनिका जोशी, गोमा केसी, कुसुमचन्द र फूलकुमारी मल्ल आकांक्षी छन्।

एमालेबाट पदम सिंहाल, लोकेन्द्र शाही, वीरबहादुर मन्नी र भीमबहादुर देउवा मेयरका आकांक्षी छन्। उपमेयरमा नरमाया श्रेष्ठ, अञ्चला चौधरी, गोमा भण्डारी र कमला कलेल आकांक्षी छन्।  माओवादी केन्द्रबाट देवी कँडेल र टीका नाथको चर्चा छ। उपमेयरमा कर्णा चौधरी र नीलकुमारी चौधरी दाबेदार छन्।

घोडाघोडी नगरपालिका

घोडाघोडीमा कांग्रेसका बालकृष्ण निउरे, लक्ष्मीराज जोशी, कमलराज चौधरी, लक्ष्मण शाही, रीता चौधरी, बमबहादुर सिंह उम्मेदवारका आकांक्षी छन्। उपमेयरमा रेका देवकोटा, सम्झना खत्री, विष्णु उपाध्याय र हेमबहादुर बम आकांक्षी छन्।

एमालेबाट मेयरमा लेख साउद, अमरबहादुर साउद, तारा जोशी, गुणराज जोशी, विष्णु चौधरी, खडक रावत, ममताप्रसाद चौधरी, जयनारायण जोशी  र बलभद्र सापकोटा आकांक्षी छन्। उपमेयरमा लक्ष्मी चौधरी, रमा आचार्य, प्रेमकुमारी थापा, हेम सापकोटा र हरिनन्द जोशीको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट मेयरका आकांक्षीमा चक्र बिष्ट, गौरी जोशी, लक्ष्मण चौधरी र नयनबहादुर चौधरी छन्। उपमेयरमा दुर्गा चलाउने खड्का र लिखनी चौधरी छन्।

भजनी त्रिशक्ति नगरपालिका

कैलालीकै भजनी त्रिशक्तिमा कांग्रेसका गंगाराम चौधरी, वीरबहादुर हमाल, रामनाथ उपाध्याय, सेवकराम चौधरी, जीवन श्रेष्ठ र रुद्रप्रसाद जोशी मेयर पदमा आकांक्षी छन्।

यस्तै एमालेका प्रदीप मल्ल, सिद्धराज जोशी, हर्क बुढा, रतन रेग्मी, मोती मिजार, प्रदीप मल्ल मेयरमा आकांक्षी छन्। माओवादी केन्द्रबाट शेरबहादुर चौधरी, छोटेलाल चौधरी, दलबहादुर चौधरी मेयरमा आकांक्षी छन्। राप्रपाबाट इन्द्रकुमार मल्ल र राजकुमार चौधरी मेयरका लागि दौडधुप गरिरहेका छन्।

टीकापुर नगरपालिका

मेयरमा कांग्रेसका गोरबहादुर खड्का, केशरी बिष्ट रावल, राजकुमार हमाल, नृपबहादुर खड्का, नवराज रावल, जगतबहादुर सिंह रावल, जोधी चौधरी, टेकेन्द्र धामी, जंगबहादुर साउद, मृगेन्द्र बिष्ट, धिजराज रेग्मी र धनबहादुर शाहीको चर्चा छ।

उपमेयरमा मीना खड्का, कल्पना उपाध्याय, थर्कबहादुर शाह, कीर्तिसिंह बम, चेतमान खत्री, बमबहादुर बम र तेजशंकर भट्टको चर्चा छ।

एमालेका श्याम खत्री, तपेन्द्र रावल, भैरव रावल, भीमराम चपाँई र कमला बिष्टले मेयरमा दाबी गरेका छन्। उपमेयर कमला केसीको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट मेयरमा शिव थापा ललित, खडक शाही, तारा सन्ज्याल, नन्दराम विक र बालकृष्ण चौधरी विकासले दाबी गरेका छन्।

राष्ट्रिय जनमोर्चाले भने मेयरमा दयाराम सन्ज्याल र उपमेयरमा आशा चौधरीलाई अघि सारेको छ।

लम्की चुहा नगरपालिका

लम्की चुहा नगरपालिकामा पनि ठूला दलका धेरै आकांक्षी छन्। मेयरमा कांग्रेसका भक्तबहादुर थापा, रामबहादुर बिष्ट, देवानन्द जैशी, बलबहादुर बिष्ट, हर्क कठरिया र लब शाहीले आकांक्षा देखाएका छन्।

उपमेयरमा शिवा थापा, सुमन सन्ज्याल, भागिरथी रेग्मी, सुशीला शाही र रितु कुँवरको नाम चर्चामा छ।

एमालेका महादेव बजगार्इं, रतन थापा, कमला ओली, कर्ण जैशी, नेत्र खनाल र बखतबहादुर बिष्टले मेयरमा दाबी गरेका छन्। उपमेयरमा दलबहादुर रावल, पार्वती बजगार्इं, नउरता खड्का, खिमा बोहरा र लक्ष्मी शाहीले दाबी गरेका छन्।

माओवादी केन्द्रबाट मेयरमा रंगनाथ ढकाल, दलबहादुर बिष्ट, गोविन्द तिमिल्सैना, राजेश मयाल अग्निशिखा र विमला सिंहको नाम चर्चामा छ। उपमेयरमा मोतीकला चलाउने, धनमाया चौधरी, गीता गड्तौला र सन्तुराम चौधरीले आकांक्षा देखाएका छन्।

मेयरमा राप्रपाका डम्बर बडुवाल, अविलाल चौलागाईं, प्रमोदसिंह राठौर, मार्कण्डेय चौधरी, शंकरसिंह राठौर, शोभासिंह राठौर र नन्दा शाहीले आकांक्षा राखेका छन्।

कञ्चनपुर

भीमदत्त नगरपालिका

मेयरमा कांग्रेसका दिवाकर पाण्डेय, अन्तराम भट्ट, दुर्गा बोहरा, शंकरबहादुर चन्द, ईश्वरीप्रसाद जोशी, माधवप्रसाद भट्ट, अच्युत कलौनी र मधु भारतीले आकांक्षा देखाएका छन्। उपमेयर पदमा रमिता देउवा, नीलम जोशी, सुशीला चन्द र सरस्वती दाहालको चर्चा छ। 

एमालेबाट ईश्वरीप्रसाद खरेल, सुरेन्द्र बिष्ट, शेरबहादुर चन्द, हरिप्रसाद जोशी, कर्णबहादुर चन्द, लीलाध्वज बस्नेत, हरकसिंह धामी, प्रकाश रावल, कृष्णदेव पन्त, नरबहादुर विक, रवीन्द्र कँुवर, विष्णुदत्त भट्टले मेयर पदमा आकांक्षा राखेका छन्। उपमेयरमा पूनम चन्द, माया पन्त, दुर्गा भट्ट र लक्ष्मी विकको चर्चा छ।

दार्चुला

महाकाली नगरपालिका

मेयरमा कांग्रेसबाट जयदेव जोशी, महेन्द्रप्रसाद बडू, कल्याणसिंह कुँवर, कृष्णराज भट्ट, महादेव बडू, तारादत्त जोशी, अनन्तराम भट्ट, महादेव बडू (कश्यप), गणेशदत्त भट्ट, हंसराज भट्ट, वीरसिंह साहु, राजेन्द्रसिंह सामन्त, राजेन्द्रप्रसाद बडू, लोकमणि ठगुन्ना, सुरेन्द्र बम र  गजेन्द्रसिंह कार्कीले दाबी गरेका छन्।

एमालेका शेरसिंह धामी, गणेशकुमार जोशी, नरसिंह चैसिर, दीपकप्रसाद अवस्थी, नारायण दयाली, हरिराज बिष्ट, केशवदत्त अवस्थी र हरदेव जोशी मेयर पदका आकांक्षी छन्। माओवादी केन्द्रले खडकसिंह धामी  र राप्रपाले  चन्द्रबल्लभ जोशी उम्मेदवार चयन गरेको छ। 

शैल्य शिखर नगरपालिका

मेयरका लागि कांग्रेसका अमरसिंह धामी, एमालेका गंगादत्त जोशी, लक्ष्मीदत्त विष्ट, कर्ण खडायत र विजयसिंह धामी चर्चाा छन्। माओवादी केन्द्रबाट मोहनदेव विष्टले उम्मेदवारी दिने भएका छन्।

अछाम

मंगलसैन नगरपालिका

मेयरमा कांग्रेसबाट चन्द्रप्रसाद ढुंगाना, टोपबहादुर रावल, डण्डप्रसाद भाट, नमबहादुर शाही, पूर्णा शाह, नमिता रावल र कर्णबहादुर केसीको नाम चर्चामा छ। मेयरमै एमालेबाट सरिता उपाध्याय, पदम बोहरा, चन्द्र बोहरा, बलबहादुर सोडारी आकांक्षी छन्। माओवादी केन्द्रका लोक बोगटी, शिव बोगटी, दीपक रावल, तपेन्द्र भण्डारी र लाली रावलको नाम चर्चामा छ।

सा“फेबगर नगरपालिका

कांग्रेसका नरबहादुर कुँवर, राजेन्द्र कुँवर, राजन कुँवर, टेकबहादुर कँुवर, ललितबहादुर कँुवर, राधिका भुजेल र रूपा आउजीले मेयरमा आकांक्षा देखाएका छन्।

एमालेबाट मेयर शिवबहादुर कुँवर 'शिलोज', गाविन्द कुँवर, जंग विक र प्रकाश शाहको नाम चर्चामा छ।

माओवादी केन्द्रका टंक रावल, सुरत भुल र मनोज रावलले मेयरमा दाबी गरेका छन्।

पञ्चदेवल विनायक नगरपालिका

मेयरमा कांग्रेसका अम्बिका चलाउने, वेदप्रकाश तिमिल्सेना, दिलबहादुर भामी, सुरतबहादुर बिष्ट, लक्ष्मण शाह र टंक धामी रहेका छन् भने एमालेबाट नन्दबहादुर कडायत, नमराज न्यौपाने, योगेन्द्र बिष्ट, भीम बिष्ट र टेकबहादुर शाहीको नाम चर्चामा छ। माओवादी केन्द्रका अक्कल रावल, शेरबहादुर बुढा, डण्डी सन्ज्याल र अम्मर विकले मेयरमा उम्मेदवारी दिने चर्चा छ।

कमलबजार नगरपालिका 

मेयरमा कांग्रेसका ओमप्रकाश बिष्ट, यज्ञ ढकाल, सुरेन्द्र बिष्ट,, नयाराम बजगाईं, भूमिसरा ढकाल, पुष्प अधिकारी, रामबहादु शाहीको नाम चर्चामा छ। यस्तै एमालेबाट बलबहादुर कुँवर, दीपक अधिकारी र लक्ष्मीप्रसाद अधिकारीको चर्चा छ भने माओवादी केन्द्रका बमबहादुर रावत, रण बिष्ट, बज्जिरसिंह नेपाली र नरबहादुर थापाको नाम चर्चामा छ।

डोटी

दिपायल सिलगढी नगरपालिका

दिपायल सिलगढी नगरपालिकाको मेयरमा कांग्रेसका विजय खड्का, जितबहादुर खड्का, प्रसिस महरा, वीरेन्द्र शाह, प्रेमशंकर भट्ट, सुशील घर्ती, पूर्णबहादुर कठायत, भरत कठायत, पार्वती चन्दको नाम चर्चामा छ।

एमालेका मञ्जु मलासी, लक्ष्मण मलासी, प्रेमबहादुर शाह, पूर्णराज जोशी, गणेश जोशी र घनश्याम जोशी आकांक्षी छन्। माओवादी केन्द्रबाट कृष्ण भट्ट र जनार्दन जोशीको नाम चर्चामा छ।

शिखर नगरपालिका

कांग्रेसका सीताराम जोशी, राम रोकाया, खड्कबहादुर शाही, दीपक शाही र भीमबहादुर बलायरले मेयरमा उम्मेदवारी दिने आकांक्षा देखाएका छन्। एमालेबाट शेरबहादुर मल्ल सिफारिस भएका छन्। मेयरमा माओवादी केन्द्रका नरबहादुर बलायर र माधव रोस्याराको चर्चा छ।

डडेल्धुरा

अमरगढी  नगरपालिका

मेयरमा कांग्रेसका हरि भट्ट, डिल्लीराज जोशी, तारक बुढाऐर र मोहनराज पाठकको नाम चर्चामा छ। एमालेका यज्ञराज अवस्थी र बिपिन ओझाले उम्मेदवारी दाबी गरेका छन्। माओबादी केन्द्रबाट करुणाकर ओझाको नाम चर्चामा छ।

परशुराम नगरपालिका

मेयरमा कांग्रेसका कैलाशकुमार पाण्डे, तारीसिंह बोहरा र धर्मानन्द भट्ट  आकांक्षी छन्। एमालेबाट केशव बोहरा र हरि भट्टको चर्चा छ। माओवादी केन्द्रबाट शेरसिंह मालको चर्चा छ।

 

बाजुरा

बडिमालिका नगरपालिका

बडिमालिका नगरपालिकाको मेयरमा कांग्रेसका धनराज पण्डित, पदम बडुवाल, विश्वराज पण्डितको नाम चर्चामा छ। उपमेयरमा राधिका सिंह, कविता बिष्ट गगन, अमर खड्का आकांक्षी छन्। माओवादीबाट मनबहादुर विक, लालबहादुर विक र चन्द्र थापाले मेयरमा उम्मेदवारी दिन चाहेका छन्। राप्रपाले मेयरमा वीरबहादुर हमाल, प्रकाश विक, तुला बडुवालको नाम चर्चामा छ।

बुढीनन्दा नगरपालिकामा

बुढीनन्दा नगरपालिकामा कांग्रेसका पदम गिरी, नारायण पाध्याय, रामबहादुर बोहरा, नरेन्द्र रोकाया, बिश बोहरा र निर्मला कार्की मेयरमा आकांक्षी छन्। उपमेयरमा देबु न्यौपानेको चर्चा छ।

एमालेका जनककुमार बोहरा, पुरबहादुर रावत, जंगकुमार गिरी र  रामलाल कार्कीले मेयरमा दाबी गरेका छन्। उपमेयरका लागि सृष्टि रेग्मी, राधा बिष्ट, सुशीला शाहीको नाम चर्चामा छ।

मेयरमै माओवादी केन्द्रका सहदेव बोगटी, भरत विक, जयबहादुर विकको चर्चा छ। राप्रपाले भने मेयरमा रुद्र मल्ल र उपमेयरमा जानकी मल्ललाई अघि सार्ने भएको छ।

त्रिवेणी नगरपालिकामा

मेयरमा कांग्रेसका रामसिंह रावल, रमेश अयडी, कर्णबहादुर थापाको चर्चा छ। उपमेयरका लागि राधिका सुनार र गीता गिरी आकांक्षी छन्। एमालेबाट मेयरमा विष्णु अयडी, जंगकुमार बुढा, शेरबहादुर शाही, मोतीसिंह बुढा र गगन अयडीको नाम अगाडि छ। माओवादी केन्द्रबाट मेयरमा भरत बुढा र दीपक बुढा आकांक्षी छन्। यस्तै राप्रपाका हिमाल शाही र दीपक साउदले मेयरमा दाबी गरेका छन्।

बूढीगंगा नगरपालिका

मेयरमा कांग्रेसका दीपक शाह, चक्र शाह, शेरबहादुर खातीको चर्चा छ। उपमेयरमा जानकी रावल, मीना केसी र जाल्पा खाती आकांक्षी छन्। मेयरमा एमालेले रामबहादुर बानियाँ, चन्द्र थापा, हिक्मत थापा र भरत थापाको नाम सिफारिस गरी प्रदेश कमिटीलाई पठाएको छ। यस्तै उमपेयरमा रुक्मणि शाह, माया कुँवर र विमला थापा सिफारिस भएका छन्।

दिलबहादुर छत्याल/धनगढी, योगेश रावल/टीकापुर, राजेन्द्र भट्ट/महेन्द्रनगर, प्रेम चुनारा/दार्चुला, रामबहादुर कुँवर/अछाम, अरुण बम/डोटी र कृष्ण ओली/बाजुरा को सहयोगमा

प्रकाशित: १ वैशाख २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App