coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिस्केट जात्रामा एकको मृत्यु

भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिंगो उठाउने क्रममा बिहीबार राति एक जनाको मृत्यु भएको छ। उठाउने क्रममा लिंगो भाँच्चिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको महागरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले बताए।

घाइते भएका उनको भक्तपुर अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रसाईले बताए। घटनामा ६ जना घाइते भएका छन्। तीमध्ये तीनको अवस्था गम्भीर छ। उनीहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

 

प्रकाशित: १ वैशाख २०७४ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App