coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमतिका लागि कांग्रेसले पहल गर्ने

काठमाडौं- चुनाव बहिष्कार गरी आन्दोलनमा जाने घोषणा गरेको मधेसी मोर्चालाई मनाउन नेपाली कांग्रेसले फेरि एकपटक  पहल गर्ने भएको छ। मोर्चाका नेताहरूले पनि संविधान संशोधन नयाँ प्रस्ताव संसद्बाट पारित हुने सुनिश्चित भए सरकार र सत्तासीन दल कांग्रेसलगायतसँग छलफल गर्न सकिने बताएका छन्।

संसद् सचिवालयमा दर्ता नयाँ संशोधन विधेयक पास हुने स्थिति नभएकाले आन्दोलनमा जाने निर्णय गर्नुपरेको मोर्चाका नेताले बताएका छन्। 'नयाँ संशोधन प्रस्ताव पनि पास हुने स्थिति छैन। एमालेले असहमति जनाइसकेको छ।  तर संशोधन प्रस्ताव  पास हुने सुनिश्चित भए हामी सरकार र सत्तासीन दलसँग छलफल गर्न तयार छौं,' तमलोपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले भने।

राजनीतिक परिस्थितिबारे छलफल गर्न तमलोपा अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित निवासमा बुधबार साँझ बसेको मोर्चामा आबद्ध दलका नेताको अनौपचारिक बैठकले आन्दोलनमै जानुपर्ने निष्कर्ष निकालेको छ। यसअघि बुधबार दिउँसो बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव अस्वीकार गर्दै स्थानीय चुनाव बहिष्कार गर्ने र आन्दोलनमा जाने निर्णय गरेको थियो। साँझको छलफलमा  सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायत नेता उपस्थित थिए।

आन्दोलनमा जाने निर्णय गरेको मेार्चालाई मनाउन एकपटक अन्तिम प्रयास गर्ने तर चुनाव नरोक्ने निष्कर्षमा कांग्रेस नेता पुगेका छन्। नेता रामचन्द्र पौडेलले मोर्चालाई चुनावमा ल्याउन कांग्रेसले फेरि छलफल गर्ने बताए। 'हामीले यसअघि पनि उहाँहरू (मोर्चाका नेता) सँग  निरन्तर छलफल गरिरहेका थियौं। फेरि पनि छलफल गर्छौं,' पौडेलले बिहीबार नागरिकसँग भने।

मोर्चांग छलफल गरी उनीहरूको असन्तुष्ठि कांग्रेसले  बुझने पनि उनले बताए।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले पनि मधेसी मोर्चालाई मनाउन प्रयास गर्ने तर चुनाव नरोकिने बताए। 'मधेसी मोर्चालाई मनाउन एकपटक फेरि  प्रयास गर्छौं तर चुनाव रोकिँदैन,' उनले भने। मधेसी मोर्चा नआए पनि स्थानीय चुनाव हुने ठोकुवा गुरुङले गरे।  कांग्रेसका अर्का केन्द्रीय सदस्य श्याम घिमिरले पनि मोर्चालाई मनाउन प्रयास गर्ने तर मोर्चा नआए पनि चुनाव हुने बताए। 'मोर्चालाई मनाउन हामीले फेरि एकपटक प्रयास गछर्ौं,' उनले भने।

प्रकाशित: १ वैशाख २०७४ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App