७ वैशाख २०८१ शुक्रबार
समाज

‘घुसमा कुरा नमिल्दा’ राँगा व्यापारीमाथि हातपात गरेको भन्दै बाटो अवरुद्ध

बारा– घुस रकमको विषयमा कुरा नमिल्दा सशस्त्र प्रहरीको टोलीले राँगा व्यापारीमाथि हातपात गरेको भन्दै मोतिसरका स्थानीयहरुले कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत पर्ने मोतिसरमा बिहीबार बिहान बाटो अवरुद्ध गरेका छन् ।

वीरगन्ज भन्सार कार्यालयबाट खटेको सशस्त्र प्रहरी नायब निरीक्षक गंगाबहादुर पुन नेतृत्वको टोलीले रकमको विषयमा राँगा व्यापारी नविजान खाँलाई बिहीबार हातपात गरेको भन्दै  मोतिसरका स्थानीयले सशस्त्र प्रहरीको विरोध गर्दै बाटो बन्द गरेका हुन्।

राँगा व्यापारी खाँले ४० वटा राँगा, भैँसी र पाडापाडी जितपुर बजारमा बिक्री गर्न लैजाँदा भन्सारबाट खटेका सशस्त्र प्रहरीको टोलीले भन्सारको कागजपत्र देखाउन भनेका र खाँसँग ३८ वटा राँगा भैसीको मात्र कागज पत्ररहेको र आफूले त्यही देखाएको उनले बताए ।  

दुई वटा पाडाको कुनै कागज पत्र राँगा व्यापारीसँग नभेटिएपछि सशस्त्र प्रहरीले १० हजार रुपैयाँ घुस रकम माँगेको राँगाभैंसी व्यापारी खाँको आरोप छ।  

सशस्त्र प्रहरीहरुले मागेको दश हजार रकम नदिएर आफूले तीन हजार रकम दिन भनेपछि एक्कासी ममाथि हातपात गरिएको गुनासो खाँले गरेका छन्।

सशस्त्रको हातपातबाट राँगा व्यापारी खाँ घाइते भएर सडकमा लडेपछि त्यहाँ गएर सोध्दा भने जति रकम नपाएको निहुँमा सशस्त्र प्रहरीले व्यापारीलाई कुटेको घटनाको छानविन गर्नको लागि सडक अवरोध गरेको स्थानीय व्यापारी भोला मियाँले बताए।

वीरगन्ज भन्सारमा रहेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुशिल सुवेदीले राँगा व्यापारीले भन्सारको कागजपत्र विना राँगा र पाडाहरु जितपुर लैजाँदा गर्दा पक्राउ परेको बताएका छन्।

व्यापारीसँग कागजपत्र माग्दा व्यापारीले शुरुमै भन्सारलगायत अन्य कागजपत्रहरु नदेखाएको र पछि कागजपत्रहरु देखाएको अवस्थामा राँगाहरुलाई भन्सारबाट खटेको सशस्त्रको टोलीले नियन्त्रण लिन खोज्दा व्यापारीहरुले घुस रकम मागेको झूठो आरोप लगाएको बताए।

स्थानीयहरुले सशस्त्र प्रहरीले राँगा व्यापारीलाई कुटेको विरोधमा कलैया वीरगंज सडक खण्ड अवरोध गरी प्रदर्शन गरेपछि सीमा सुरक्षा बल बाराका प्रमुह सशस्त्र पहरी उपरीक्षक कुमार न्यौपाने र सशस्त्र प्रहरीको पथलैयामा रहेको मध्य क्षेत्र रुद्रबाहिनीका प्रमुख डिआईजी नरेन्द्र सिंह घटनास्थलमा पुगेका थिए ।

सिंहले विरोधमा उत्रेका स्थानीयहरुलाई घटनामा दोषी पाइए सशस्त्र प्रहरीका प्रहरी जवानदेखि अधिकारीहरु कारवाही गर्ने आश्वासन दिएपछि बाटो खुलेको थियो।

भारतबाट राँगा र भैँसी लगाउने व्यपारीहरुले भन्सार नतिरी धेरै राँगाभैँसी नेपालमा भिœयाउने गरेका छन् भने तिनीहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध तरिकाबाट रकम असुल्ने गरेको स्थानीयको आरोप छ।

प्रकाशित: ३१ चैत्र २०७३ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App