८ वैशाख २०८१ शनिबार
कला

सरल कथावस्तुको उत्कृष्ट प्रस्तुति 'घामपानी'

काठमाडौं – दीपेन्द्र लामा निर्देशित नेपाली फिल्म घामपानीको बिहीबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ। बिग मुभिजमा आयोजित विशेष शोमा नेपाली फिल्म क्षेत्रमा सक्रिय तथा फिल्म निकट व्यत्तित्वहरुको उपस्थिति रह्यो।

फिल्म हेरिसकेपछि पत्रकार किशोर नेपालले ‘घामपानी’ सरल कथावस्तु समेटिएको उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिए। ‘लामो समयपछि राम्रो नेपाली फिल्म हेर्ने अवसर मिल्यो। अन्तरजातीय विषयवस्तुलाई समेटिएको मनोरञ्जनात्मक फिल्मले सबैको मन जित्नेछ भन्नेमा आशावादी छु’, उनले भने।

पत्रकार किशोर नेपालले ‘घामपानी’ सरल कथावस्तु समेटिएको उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिए। ‘लामो समयपछि राम्रो नेपाली फिल्म हेर्ने अवसर मिल्यो। अन्तरजातीय विषयवस्तुलाई समेटिएको मनोरञ्जनात्मक फिल्मले सबैको मन जित्नेछ भन्नेमा आशावादी छु’, उनले भने।

साहित्यकार उषा शेरचनले अन्तरजातीय कथावस्तुमा आधारित फिल्म हेरुन्जेल रमाइलो भएको बताइन्। ‘नेपाली परिवेशमा आधारित अन्तरजातीय कथावस्तुलाई सामान्य रुपमा प्रस्तुत गर्न सक्ने निर्देशकको क्षमताबाट प्रभावित भएको छु। निर्देशकले स–साना कुरामाथि राम्रो गृहकार्य गरेको देखिन्छ,’उनले भनिन्।

अर्का लेखक कुमार नगरकोटीले घामपानीमा विषयवस्तु उठान र प्रस्तुतिकरण उत्कृष्ट रहेको बताए।

निर्देशक दीपेन्द्र लामा घामपानीमा आफूले सकेसम्म राम्रो गरेको बताउँछन्। चलनचल्तीमा बनिरहेका नेपाली फिल्मभन्दा आफूले उत्कृष्ट प्रयास गरेको उनले सुनाए।

‘फिल्म समिक्षा गर्न सुरु गरेदेखि हालसम्म जानेबुझेका विषय फिल्ममार्फत प्रस्तुत गरेको छु। मेरो पहिलो प्रयास भएकाले कमिकमजोरी पनि भएका छन्’, उनले भने।

‘घामपानी’मा  अन्तरजातिय प्रेम कथालाई विषयवस्तु बनाइएको छ। शुक्रबारबाट देशभरका ६० भन्दा बढी हलमा रिलिज हुन लागेको यो फिल्म सिनेमा आर्टस्, हाइलाइट्स नेपाल र टचलाईट प्रोडक्सनको ब्यानरले निर्माण गरेको हो।

‘अन्तरजातीय कथालाई मनोरन्जनात्मक शैलीमा फिल्ममा प्रस्तुति दिएको छ। हाम्रोले देखेको र भोगेको कथामा आधारित फिल्मलाई दर्शकले मनपराइदिनेछन् भन्नेमा आशावादी छु,’ अभिनेता दयाहाङ राईले भने।

फिल्ममा अभिनेता दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का, सम्रान्त थापा, विजय राई लगायतले अभिनय गरेका छन् ।

शुक्रबारदेखि देशभर प्रदर्शन हुने घामपानीमा संगीतकार कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिएका छन्। फिल्मलाई सिनेमेट्रोग्राफर शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्।

प्रकाशित: ३१ चैत्र २०७३ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App