coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेनाको गुणगानमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाललाई खरिपाटीमा स्वागतगर्दै प्रधानसेनापति राजेन्द्र क्षत्री। तस्बिर सौजन्यः नेपाली सेना ।

काठमाडौं—नेपाली सेनामा प्रधानसेनापति चयनको हठात निर्णयले सरकारबाट अघिल्लो पटक बाहिरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल यसपटक भने सेनाप्रति संयमित र सजग देखिएका छन्।

दोस्रो पटक प्रधानमन्त्री बनेर नौ वर्षपछि असोज १६ मा सेनाको मुख्यालय जंगी अड्डामा औपचारिक प्रवेश गरेका दाहालले त्यसयता सेनाका कार्यक्रममा सेनाको गुणगानमा केही शब्द खर्चिन पछि परेका छैनन्।

बुधबार नेपाली सेनाको अधिकृत तालिम सम्पन्न गरेका सहायक सेनानीलाई आयुक्त पद प्रदान गर्न नेपाली सैनिक प्रतिष्ठान खरिपाटी पुगेका प्रधानमन्त्री दाहालले सेना उत्कृष्ट रहेको र अनुकरणीय उदाहरण देखाएको बताए।

‘संविधान कार्यन्वयनका विविध पक्षका लागि सेनाको आवश्यकता प्रधानमन्त्रीका हैसियतले उहाँलाई थाह छ, सहयोग, सदभाव र सहकार्यको मर्म पछिल्ला गतिविधीमा देखिएको छ,’ शर्माले भने।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानमन्त्री दाहालले ‘नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण देखाएको’ बताएका थिए। नव आयुक्त सहायक सेनानीलाई सम्बोधन गर्दै उनले  नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र नेपाली जनताको प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाको सहायक सेनानी दर्जामा खटिन लागेकोमा बधाई दिए।

सेनाका पूर्व रथी तथा सेना समायोजन बिशेष समितिका संयोजकको भूमिका समेत पुरा गरेका बालानन्द शर्माले  दाहालको पहिलो जंगी अड्डा  भ्रमणमा लामो विद्रोहको प्रभाव र सत्ता शक्तिको प्रयोगको अल्पज्ञान प्रष्ट देखिएको बताउँछन्। ‘पछिल्लो नौ वर्षको राजनीतिक यात्राले धेरै सिकाएको हुनुपर्छ,’ उनले नागरिकन्युजसँग भने।

पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा दाहालसँग जंगी अड्डाका लागि आफ्नै अजेण्डा थिए। त्यसको प्रभाव उनको सम्बोधनदेखि सेनासँगको व्यवहारमै देखिएको थियो। यसपटक त्यस्तो कुनै अवस्था छैन। ‘संविधान कार्यन्वयनका विविध पक्षका लागि सेनाको आवश्यकता प्रधानमन्त्रीका हैसियतले उहाँलाई थाह छ, सहयोग, सदभाव र सहकार्यको मर्म पछिल्ला गतिविधीमा देखिएको छ,’ शर्माले भने।

प्रधानमन्त्री भएको साढे आठ महिनापछि बैशाख २१, २०६६ मा पदबाट राजिनामा दिएका  दाहालले अघिल्लो दिन बिहान तत्कालीन प्रधान सेनापति रूक्मांगद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए। सरकारले दिएको आदेश पालना नगरेको भन्दै उनले कटवालसँग स्पष्टिकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो।

दुई विदेशी सहित १३३ जना आयुक्त भए
सेनाको सि.सं.५५ अधिकृत क्याडेट आधार तालिममा यसपटक बङ्गलादेश र केन्याबाट एक–एक जना विदेशी अधिकृत क्याडेटहरु सहभागी भएका थिए। २४ महिना अवधिको तालिममा १२ जना महिला अधिकृत क्याडेट, १०१ जना पुरुष अधिकृत क्याडेट, २ जना विदेशी अधिकृत क्याडेट तथा १८ जना पदिक÷हुद्धा अधिकृत क्याडेट गरी जम्मा १३३ जना अधिकृत क्याडेटहरुले बुधबार  सहायक सेनानीको दर्जामा नियुक्त भएका हुन्।

प्रधानमन्त्री दाहालले तालिममा पुरुषतर्पm सर्वप्रथम हुने अधिकृत क्याडेट दिपेन्द्र बराल तथा सि.सं.४५ पदिक÷हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक अधिकृत क्याडेट अमित लामालाइ स्वर्ड अफ अनर प्रदान गरेका थिए। त्यसैगरी  सि.सं.५५ अधिकृत क्याडेट आधार तालिममा महिलातर्पm सर्वप्रथम हुने महिला अधिकृत क्याडेट करिश्मा प्रधान कुमाललाई केन अफ अनर र विदेशी सेनाबाट सहभागी अधिकृत क्याडेटहरु मध्ये उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका बङ्गलादेशका अधिकृत क्याडेट एम.डि. मनिरुजमान पालसलाई खकुरी अनर प्रदान गरेका थिए।

प्रकाशित: ३१ चैत्र २०७३ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App