१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठड्याइयो हात नभएको लिंगो

भक्तपुर– भक्तपुमा बिहीबार दिउँंसो हात नभएको लिङ्गो ठड्याइएको छ। साँंझ हात भएको लिंगो ठड्याइने छ ।  
प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वर्षको अन्तिम दिन बिहान पोटरी स्क्वायरमा हात नभएको र साँंझ भेलुखेलमा हात भएको ठूलो लिंगो ठड्याउने परम्परा छ ।

तीन वटा डोरीको प्रयोगले लिंगो ठड्याइएको हो । यो लिङ्गो ठड्याउन चनसी (उठेजतिको लिंगो नढल्ने गरी सपोर्ट गर्ने) को प्रयोग गरिन्छ । खास यो लिङ्गो चनसीको सहायताबाट नै उठाइन्छ।

हात नभएको लिंगो आठ रात नौ दिन लामो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढाल्ने परम्परा छ। तर भेलुखेलमा उठाउने ठूलो लिंगो भने वर्षको अन्तिम दिन उठाएर त्यसको भोलिपल्ट नै वैशाख १ गते साँंझ ढाल्ने परम्परा छ ।

 

प्रकाशित: ३१ चैत्र २०७३ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App