coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन्। 

नयाँ वर्ष २०७४ का अवसरमा किङ कम स्पोर्टस क्लब परिवारले बिहीबार भिमसेनगोलामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले संविधानलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पनि निर्वाचन आवश्यक रहेको स्पष्ट पारे । 

नेता सिंहले नेपालको आगामी कार्यदिशासमेत निर्वाचनले कोर्ने हुँदा दलहरुबीच एकता गरी निर्वाचनमा जानुको विकल्प नरहेको उल्लेख गर्दै उनले भने, “निर्वाचनका लागि दलहरु मिलेर जान नसके देश ठूलो दुर्घटनामा फस्नसक्छ ।” 

पूर्व उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि खुटा नकमाउन सरकारसँग आग्रह समेत गरे । उनले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेको भन्दै यसका लागि नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए । रासस 

प्रकाशित: ३१ चैत्र २०७३ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App