coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसी मोर्चामा आबद्ध पार्टीहरु एकीकरणको प्रयासमा

मधेसी मोर्चाको बैठकमा सहभागी नेताहरु। तस्बिर : दिनेश गोले

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ वटा दलले एकीकरणको प्रयास थालेका छन्। एकीकरणको लागि मोर्चामा आबद्ध पार्टीका दोस्रो तहका नेताहरुले लबिङ थालेका छन्।

मोर्चाभित्र आबद्ध दलहरुले कुनै पनि बेला एकीकरणमा जानसक्छ। जुन मधेसी जनताको लागि खुसीको कुरा भएको अध्यक्ष महतोले बताए।

तराई मधेस लोकतान्त्रिक पार्टीकाका अध्यक्ष महन्थ ठाकुरले एकीकरण प्रक्रिया नयाँ नभएको भन्दै एकता प्रयास भइरहेको बताए। उनले सकारात्मक छलफल भइरहेकाले पार्टी एकीकरण हुनेबारे आफू आशावादी रहेको बताए। 'मोर्चामा आबद्ध (संघीय समाजवादी फोरम नेपालसहित) पार्टीका शीर्ष नेताहरु पनि एकीकरणबारे गम्भीरता प्रकट गरेका छन्। बुधबार बसेको बैठकमा पनि अब ढिला नगरी पार्टी एकतामा जानुपर्ने छलफल भयो,' अध्यक्ष ठाकुरले भने।

तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालसँग एकीकरणको प्रयासमा छन्।

राष्ट्रिय मधेस सद्‍भावना पार्टीका अध्यक्ष शरदसिंह भण्डारी बैठकमा अनुपस्थित थिए। सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि पार्टी एकीकरणबारे छलफल भइरहेको बताए। 'हरेक पार्टीका केही विषयहरु छन्। तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल केन्द्रीत छ,' महतोले भने।

मोर्चाभित्र आबद्ध दलहरुले कुनै पनि बेला एकीकरणमा जानसक्छ। जुन मधेसी जनताको लागि खुसीको कुरा भएको अध्यक्ष महतोले बताए। 'मधेसी जनताहरु हामी एकीकृत भएर शक्तिशाली भएको हेर्न चाहन्छ। यस विषयमा मैले सबैमा गम्भिरता पाएको छु,' उनले भने।

अन्य पार्टीका नेताहरुले भने यसबारे खुलेर बोल्न चाहेनन्।

मोर्चामा उपेन्द्र यादवबाहेक महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी, रामेश्वर राय यादव नेतृत्वको तराई मधेस सद्‍भावना पार्टी, सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिक सहभागी छन्।

 

प्रकाशित: ३१ चैत्र २०७३ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App