coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवानमा कुकुर–बिरालो मार्न प्रतिबन्ध

ताईवान– ताईवानको संसद्ले मानिसको प्रयोगका लिएर कुकुर तथा बिरालो मार्न प्रतिबन्ध गर्ने विधयेक पारित गरेको छ। विधयेकले यात्रा गर्ने बेला आफ्ना घरपालुवा जनावरलाई गाडी वा मोटरसाईकलमा तानेर हिंड्न पनि प्रतिबन्ध गरेको छ।

संसद्ले पारित गरेको निर्णयलाई यदि कसैले उल्लङ्घन गरेको पाइएमा ठूलो जरिवाना वा दुई वर्षसम्म जेल सजायका साथै त्यस्ता गतिविधि गर्नेको नाम र तस्विर सार्वजनिक गरिने व्यवस्था पनि गरिएको बिबिसीले जनाएको छ।

विधयेक ताईवानको जनावर संरक्षण कानून सुधार गर्नका लागि ल्याइएको बताइएको छ। मंगलबार पारित विधेयकले ताईवानको जनावर संरक्षण ऐनमा ऐतिहासिक संशोधन भएको छ र ताईवान यस्तो विधेयक ल्याउने पहिलो एसियाली मुलुक बनेको छ।

सन् २००१ मा ताईवानले आर्थिक उद्देश्यका लागि भन्दै कुकुर र बिरालोको मासु र भुत्ला बेच्न प्रतिबन्ध लगाएको थियो। ताईवानमा कुनै बेला कुकुरको मासु नियमित प्रयोग हुने गथ्र्याे तर अहिले कुकुरलाई घरको एक पारिवारिक सदस्यका रुपमा लिइन्छ।

गत वर्ष ताईवानका प्रधानमन्त्री साई इङ वेनले आफ्ना दुई बिरालो कुकी र ए–साईसँगै बस्न तीनवटा अवकाशप्राप्त गाईड कुकुर अंगीकार गरेका थिए । ताईवानकी प्रथम महिला श्रीमति साई त्यति बेला विश्वमा परिचित बनेकी थिइन्।

प्रकाशित: ३१ चैत्र २०७३ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App