coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ५ को नगर नेतृत्वमा आ-आफ्नै दाबी

स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले प्रदेश नम्बर–५ का बर्दिया, नवलपरासी, गुल्मी, प्युठान, अर्घाखाँची, दाङ र कपिलवस्तुका विभिन्न नगरपालिकामा आफ्नो अभियान तीव्र पारेका छन्।

कांग्रेस, एमाले, माओवादी–केन्द्र, राष्ट्रिय जनमोर्चालगायत दलहरूका तर्फबाट नगरको नेतृत्व लिन विभिन्न आकांक्षी देखिएका छन्। दिनहुँजसो हुने दलका कार्यक्रमदेखि सार्वजनिक स्थल, चियापसलसम्म चुनावी छलफलले रौनक थप्न थालेको छ।

बर्दिया

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्। गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन्। ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्दबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ। 

गुलरिया नगरपालिका

गुलरियामा मेयरका लागि कांग्रेसका विजय देवकोटा, मुक्तिनाथ यादव (किट्टु) र राधेश्याम थारूको चर्चा छ। एमालेका हरि ज्ञवाली, अमरबहादुर खड्का र प्रेम पोखरेलको नाम अगाडि आएको छ। राप्रपाका मनोजकुमार बर्मा, मग्रे गोडिया र मेघनाथ अधिकारी तथा माओवादी केन्द्रका गहेन्द्र ढकाल, मिथिला फुयालको नाम चर्चामा छ।

बाँसगढी नगरपालिका

बाँसगढीमा कांग्रेसका गंगाधर पौडेल, गोविन्द रेग्मी र बलिराम थारूको नाम अग्रपंक्तिमा छ। एमालेका शालिकराम अधिकारी, खडकबहादुर खड्का, सुन्दर ढकाल, पूर्ण अधिकारी र नैनबहादुर खत्रीको नाम चर्चामा छ। माओवादी केन्द्रका विनय थारू र नरेेन्द्र शर्माको सम्भावना छ।

ठाकुरबाबा नगरपालिका

ठाकुरबाबामा कांग्रेसका विद्याप्रसाद खनाल, मक्कुराम चौधरी, नवराज न्यौपाने, तिलक लम्साल, वेदप्रसाद भण्डारी र नन्दराम तिमिल्सेनाको नाम मेयरमा चर्चामा छ। एमालेबाट जीवन शाह, लहानु थारू, भिख्खु थारू, खगेन्› खनाल र घननारायण श्रेष्ठलाई अगाडि सारिएको छ।  माओवादी केन्›का आस्था चौधरी र नेत्र आचार्यले आकांक्षा देखाएका छन्।

मधुवन नगरपालिका

मधुवनमा कांग्रेसका बलिराम थारू, प्रेमबहादुर गुरुङ, टेकबहादुर भाट, उदय लम्साल, जग्गाप्रसाद पाण्डे, भरतबहादुर गुरुङ, सुरेश योगी, किरण योगी र गोपाल पौडेलको मेयरमा चर्चा छ।

एमालेका दुर्गा वली, कुलप्रसाद पोख्रेल, टंक पौडेल र टंक वली आकांक्षी छन्। माओवादी केन्द्रका कृष्ण केसी र लक्ष्मी शर्मा सम्भावित नाम हुन्।

राजापुर नगरपालिका

राजापुरमा कांग्रेसका दीपकजंग शाह र रमण रेग्मीको नाम मेयरका लागि अगाडि आएको छ। एमालेबाट इन्› सेन, पहाडी थारू र सरमा थारूको नाम अग्रपंक्तिमा छ। राप्रपाका जीवराज रेग्मी, सन्तराम थारू, राममणि उपाध्याय र केशरबहादुर थापा आकांक्षी छन्। माओवादी केन्द्रका दीपेश थारू र शिव थारूको नाम चर्चामा छ।

बाह्रबर्दिया नगरपालिका

बाह्रबर्दियामा कांग्रेसका मोहनलाल थारू र पर्शुराम थारूले मेयरमा आकांक्षा व्यक्त गरेका छन्।

एमालेका रामबहादुर थारू, पतिराम थारू, मनिराम ज्ञवाली, पदम ढकाल, भक्तबहादुर र कमला ज्ञवालीको नाम चर्चामा छ। माओवादी केन्द्रका अन्जु दहित, दुर्गाबहादुर थारूको नाम अगाडि आएको छ।

गुल्मी

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा प्रमुख तथा उपप्रमुखको उम्मेदवार बन्न कांग्रेस, एमाले र माओवादी केन्द्रबाट दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् । राप्रपा, जनमोर्चालगायत साना दलले कसलाई उम्मेदवार तोक्ने भन्ने सम्बन्धमा छलफल सुरु गरेका छन्।

रेसुंगा नगरपालिका

रेसुंगामा कांग्रेसका तर्फबाट भुवनप्रसाद श्रेष्ठ, शालिकराम पन्थी, राजेन्› श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको नाम मेयरका लागि चर्चामा छ। एमालेबाट डिल्लीराज भुसाल, बालसिंह काउछा, जंग नेपाली, गणेश श्रीपाली र प्रितम काउछा सम्भावित नाम हुन्। माओवादी केन्›बाट अशोक थापा र धर्म विश्वकर्माको नाम चर्चामा छ।

मुसिकोट नगरपालिकामा

मुसिकोटमा कांग्रेसका सुदर्शन शाक्य, ज्ञानहरि सापकोटा, कृष्णहरि सापकोटा, विष्णु सापकोटा र सुरेश भुसालको नाम अग्रपंक्तिमा छ।

एमालेका सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, खड्ग केसी र जीवन खरेलको नाम चर्चामा छ। माओवादी केन्›बाट खुमबहादुर थापा र भुवन केसी सम्भावित नाम हुन्।

कोहलपुर नगरपालिका

बाँकेको कोहलपुरमा मेयरका लागि कांग्रेसबाट भानुभक्त भट्टराई, बलराम शर्मा, राजेन्द्र श्रेष्ठ, चिन्तामणि धिताल, निरज चलाउने र युवराज पौडेल आकांक्षी छन्। एमालेबाट नगर मेयरका लागि नरेन्द्र शर्मा, लुटबहादुर रावत, गोपाल गिरी, खिलप्रसाद भुसाल, कर्णबहादुर थापा र वसन्ती अधिकारीको नाम चर्चामा छ। माओवादी केन्द्रमा नरेन्द्र पाण्डे, नरेन्द्र न्यौपाने, तेजप्रसाद चापागार्इं र अवराज खड्काको नाम आएको छ।

कोहलपुर नगरभित्र राप्रपा, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टीको संगठन रहे पनि मेयरको चर्चा बाहिर आइसकेको छैन।

प्युठान नगरपालिका

जिल्लाको पहिलो नगरपालिकाका रूपमा स्थापना भएको प्युठान नगरपालिका नेतृत्व हात पार्ने ध्याउन्नमा प्रमुख दलहरू लागेका छन् । यस नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा, कांग्रेस र माओवादी केन्द्र उम्मेदवार छनोट गर्ने तयारीमा छन्।

राष्ट्रिय जनमोर्चाले प्रमुख पदमा मेयरमा धु्रव थापा र उपमेयरमा पद्मा पण्डितलाई उठाउने भएको छ। एमालेबाट तुलसीराम शर्मा, शान्ता आचार्य, विजयविराज बिष्ट, हिक्मत थापा, लक्ष्मीप्रकाश राजभण्डारीलगायत प्रमुख–उपप्रमुख पदका आकांक्षी हुन्।

कांग्रेसबाट देवेन्द्र बर्मा, बद्री लम्साल, श्रीधर गौतम, तेजप्रसाद मिश्रलगायत आकांक्षी छन्। माओवादी केन्द्रबाट अर्जुनकुमार कक्षपति र रामबहादुर केसीको नाम चर्चामा छ।

स्वर्गद्वारी नगरपालिका

पछिल्लोपटक स्थापना भएको स्वर्गद्वारी नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र कांग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। राजमोले मेयरमा वीरबहादुर पुन र उपमेयरमा खिमा दमाईंलाई अघि सारेको छ। कांग्रेसबाट टेकप्रसाद भण्डारीको नाम आएको छ।  एमालेबाट नेत्रबहादुर रोकाया र हीरामणि भण्डारीले दाबेदारी गरेका छन्।

लमही नगरपालिका

दाङको लमही नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसबाट नगरपालिकाको मेयरका लागि रेशमबहादुर खड्का, मधु न्यौपाने, कर्णबहादुर बुढाथोकी, जोगबहादुर चौधरी, डिल्लीबहादुर खड्का, दिवानजंग चौधरी र लीलाराम खनालको नाम चर्चामा छ। कांग्रेसले गिरिजा न्यौपाने, अस्मिता चौधरी र लक्ष्मी योगीलाई उपमेयर उम्मेदवारका रूपमा चर्चामा ल्याएको छ। एमालेबाट नारायण डिसी छम्पाली, कुलबहादुर केसी, गणेश चौधरी र तिलकराम केसी आकांक्षी छन्। एमालेले शोभा घिमिरे, सीता चौधरीलाई उपमेयरका रूपमा चर्चामा ल्याएको छ।

देउखुरी नगरपालिका

एमालेले नगरपालिका मेयरमा मेटमणि चौधरीलाई अगाडि सार्ने चर्चा छ। माओवादी केन्द्रबाट मेयरमा ओमप्रकाश सुवेदी, चक्रबहादुर खड्का, नवीन योगी, लेखराज रेग्मीलगायतको नाम चर्चामा छ। उपमेयरमा द्रोपदी पौडेल, गंगा पाण्डेको नाम अगाडि आएको छ।  राष्ट्रिय जनमोर्चाले कुलचन्द्र पोखरेललाई मेयर र लीलादेवी भुसाललाई उपमेयरमा अगाडि सारेको छ। 

रोल्पा नगरपालिका

एक नगरपालिकासँगै नौ गाउँपालिका रहेको रोल्पामा  दलहरूले चुनावी तयारी तीव्र पारेका छन्। दलहरू चुनावी प्रचारसँगै उम्मेदवार चयनमा जुटेका छन्। एक मात्र रोल्पा नगरपालिकाको नेतृत्व हात पार्न दलहरू केन्द्रित भएका छन् ।

माओवादी–केन्द्रले नगरपालिकाको नेतृत्वका लागि सुरेन्द्र थापा घर्ती, पुरन क्षेत्री र ऋषिराम रोकाको नाम केन्द्रमा सिफारिस गरेको छ।

कांग्रेसबाट मानबहादुर खत्री, चन्द्रप्रकाश आचार्य र लीलाधर आचार्य मेयरका आकांक्षी छन्।

एमालेबाट भने रोल्पामा आकांक्षीहरूको नाम चर्चामा आएको छैन। तत्कालै जिल्ला कमिटी  बैठकबाट नाम टुंगो लगाउने तयारी भइरहेको जिल्ला अध्यक्ष टंक बुढाले जानकारी दिए। कांग्रेस र माओवादी केन्द्रबाट प्रमुखको नाम चर्चामा आए पनि उपप्रमुखका सम्भावित उमेदवारको नाम बाहिर आएको छैन। 

नवलपरासी

नवलपरासीका विभिन्न नगरपालिकाबाट मेयरका आकांक्षी टिकट हात पार्न नेताकहाँ धाउन थालेका छन्। १९ वर्षपछि  हुन लागेको नगर निर्वाचनमा युवादेखि पाकासम्म आंकाक्षी देखिएका छन्। जिल्लामा प्रमुख  दलहरू स्थानीय तहको निर्वाचनका पक्षमा दृढ भएर उभिएका छन् भने मधेसकेन्द्रित दलहरू संविधान संशोधनपछि मात्र चुनाव हुनुपर्ने अडानमा छन्।

बर्दघाट नगरपालिका

बर्दघाटमा मेयरका लागि  नेपाली कांग्रेसबाट  शम्भुलाल श्रेष्ठ,  विश्वप्रेम पाठकको, इन्द्र सापकोटा, लालबहादुर गुरुङको नाम चर्चामा छ। उपप्रमुखमा कमला तिवारी र लोमा वाग्लेेको नाम आएको छ।

एमालेबाट दीपेन्द्र अधिकारी, सरिता खनाल, शेरबहादुर आचार्य, रुक्मांगत ज्ञवाली   र  धीरज शर्मा सम्भावित नाम हुन्। माओवादी केन्›बाट सीता पौडेल, रुद्रप्रकाश उपाध्याय, हरिरञ्जन पौडेलको नाम चर्चामा छ । राप्रपाबाट मिलन श्रेष्ठ, क्रान्तिकारी माओवादी मोर्चाबाट चूडामणि भण्डारी र छविलाल खरेलको नाम चर्चामा छ। राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रानामगर र नयाँ शक्ति पार्टीबाट यमबहादुर थापा आकांक्षी देखिएका छन्।

 सुनवल नगरपालिका

सुनवलमा मेयरका लागि कांग्रेसका तर्फबाट अर्जुनकुमार पोखरेल, भीमबहादुर थापा (भरत), तारा भण्डारी र विष्णु पौडेल आकंाक्षी देखिएका छन्। एमालेबाट थानप्रसाद गैरे, उमानाथ पोख्रेल र विमला अर्यालको नाम अग्रपंक्तिमा छ। मोओवादी केन्›बाट भविश्वर तिवारी  र डोलराज भण्डारीको नाम चर्चा छ।

रामग्राम नगरपालिका

रामग्राममा विभिन्न दलबाट  मेयरका लागि दर्जनभन्दा बढी  आकांक्षी देखिएका छन्। तीमध्ये कांग्रेसबाट नरेन्›कुमार गुप्ता, विक्रम यादव र बैजनाथ जयसवालको नाम चर्चामा छ। 

एमालेका दीपेन्› यादवको नाम अगाडि छ। माओवादी केन्›बाट बुद्दन अलीको बढी चर्चा छ।  संविधान संशोधन गरेर सरकारले निर्वाचन गरेमा मधेसी मोर्चाले एक भएर सत्रजीत यादव लाई मेयरमा अघि सार्ने चर्चा छ।

कपिलवस्तु

कपिलवस्तुका ६ नगरपालिका विभिन्न दलका नेताहरु मेयर–उपमेयरका आकांक्षी देखिएका छन्। राजमार्ग क्षेत्रमा पर्ने वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा चुनावी सरगर्मी निकै बढेको छ। मधेसी समुदाय बाहुल्य जिल्लाका दक्षिणी क्षेत्रमा चुनावी माहोल तात्न सकेको देखिँदैन।

 शिवराज नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाको मयेरमा  कांग्रेसका प्रेमबहादुर रायमाझी, हरिप्रसाद पोखरेल, जमशेर अलि मियाँको नाम चर्चामा छ। एमालेका तर्फबाट अर्जुन केसी, लंक हमाल र महादेव पोखरेलको नाम बाहिर आएको छ। माओवादी केन्›बाट करमहुसेन शाह, डा. प्रकाश पौडेल, अर्जुन सापकोटा चर्चामा छन्।

 संघीय समाजवादी फोरम नेपालका कृष्णकुमार चौधरी, राप्रपाबाट अजय थापाको प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ। तराईमधेस लोकतान्त्रिक पार्टीको तर्फबाट मेयरमा मोहम्मद मुस्ताफा खाँ आकांक्षी छन्।

बुद्धभूमि नगरपालिका

बुद्धभूमिमा कांग्रेसका तर्फबाट नगर प्रमुखमा केशव श्रेष्ठ, वीरेन्› मिश्र, पदम खनाल, नारायण भुसाल, शुभलाल भुसाल, नारायण खनाल, जवाहर थारू र रजत आचार्यको नाम चर्चामा छ। उपमेयरमा कांग्रेसबाट सीता न्यौपाने र मीना केसीको चर्चा छ। एमालेबाट मेयरमा कृष्ण भट्टराई, पीताम्बर खनाल, भेषराज खनाल, राजेन्द्र सुवेदी, रूपेश श्रेष्ठ, रामदास थारू, तुलाराम थारू  र दिनेश बन्जाडेको चर्चा छ। उपमेयरमा शारदा शर्मा, सशीला दर्लामी र मन्जु चौधरीको चर्चा छ। माओवादी केन्द्रबाट रुद्र बन्जाडे र गोपाल थारूको नाम आएको छ। राप्रपाबाट बलीराम थारू, अर्थबहादुर बिष्ट र रामशेवकप्रसाद थारूको नाम चर्चामा छ।

थरुहट तराई पार्टीबाट जलेश्वर थारू, नाथु थारू र रामप्रसाद थारू आकांंक्षी छन्।

बाणगंगा नगरपालिका

बाणगंगामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका तर्फबाट चक्र अर्याल, शंकर पाण्डे, विमला घिमिरे, उमानाथ पौडेल, कृष्ण पौडेल, गुणनिधि भुसाल, नेत्रराज गिरीको नाम चर्चामा छ। उपमेयरमा सूर्यकुमारी शाही, रीता चौधरी र गुणा पन्थी सम्भावित नाम हुन् ।

कांग्रेसका तर्फबाट मेयरमा डोलकराम घिमिरे, मंगलप्रसाद थारू, विष्णु थापा, दुर्गा सेन, विष्णु न्यौपाने, रुकबहादर भुसालको नाम चर्चामा छ। माओवादी केन्द्रबाट वाणगंगा नगरपालिकाको मेयरमा विष्णु बेल्बासे, कृष्ण कुँवर र द्रोणराज सुवेदीको नाम चर्चामा छ। उपमेयरमा इन्दिरा पन्त र जोनी बन्जाडे सम्भावित नाम हुन्।

कपिलवस्तु नगरपालिका

मधेसी समुदाय बाहुल्य कपिलवस्तु नगरपालिकामा चुनावी  रौनक देखिएको छैन। यद्यपि कांग्रेस, एमाले र माओवादी–केन्द्रका नेताहरूले टिकटका लागि दौडधुप सुरु गरेका छन्। कपिलवस्तु नगरपालिकामा तमलोपा र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने मतदाता बताउँछन्।

कांग्रेसबाट राजु अर्याल, ललित गुरुङ, रउफ अहमद खाँ, किरण सिंह, तानु बावा मेयरका आकांक्षी छन्। माओवादी केन्द्रबाट कृष्ण धिताल र संतोगा नाउ उठ्ने चर्चा छ। सद्भावना, राप्रपालगायत दलका नेताहरू उम्मेवार हुने देखिए पनि मुख्य प्रतिस्पर्धा  कांग्रेस र एमालेबीच हुने भएको छ।

महाराजगन्ज नगरपालिका

महराजगन्जमा चुनावी सरगर्मी नबढे पनि आकांक्षीहरू भेटघाटमा व्यस्त छन्। कांग्रेसका अब्दुल कलाम खाँ र दीर्घनारायण पाण्डेयको नाम चर्चामा छ। तमलोपाबाट मेयरमा गंगेशनाथ तिवारी र हरिवंशनाथ शुक्ला तथा संघीय समाजवादी फोरमबाट अजित सिंहको नाम चर्चामा छ। माओवादी–केन्द्रबाट विजय जैसवालको नाम आएको छ।

कृष्णनगर नगरपालिका

कृष्णनगरमा पनि चुनावी माहोल तातेको छैन। मधेसी बाहुल्य यस क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका नेता तथा संासद अभिषेकप्रताप शाहको पकड छ। फोरम, कांग्रेस, तमलोपाबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ उम्मेदवारको खासै चर्चा चलेको देखिँदैन। 

फोरमबाट रजप्रताप शह र बब्लु शाह आकांक्षी रहेका कृष्णनगर स्थानीय बताउँछन्। कांग्रेसबाट ब्रह्मानन्द उपाध्याय, अकिल मियाँको चर्चा छ। माओवादी–केन्द्रबाट शिवप्रसाद जैसवालको चर्चा छ।

निर्मल घिमिरे/बर्दिया, कल्पना भट्टराई/नवलपरासी, शिवलाल सुवेदी/गुल्मी, एलबी थापा/प्युठान, देवेन्द्र बस्नेत/दाङ, र किरणमान वज्राचार्य/कपिलवस्तु को सहयोगमा

प्रकाशित: ३१ चैत्र २०७३ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App