निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

बिहिबार, ३१ चैत २०७३, १० : ४८ नागरिक

हेटौँडा – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । 

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उनी निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिए । 

निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उनले दिए । 

उनले तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि निर्देशन दिए। 

धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार हेटौँडामा सुरु गरेको हो । 

मुख्य निर्वाचन अधिकृतले जिल्लामा आगामी वैशाख ३ गते र निर्वाचन अधिकृतले सम्बन्धित गाउँपालिकामा वैशाख १२ गते कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया सुरु गर्ने भएका छन् । रासस 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad