उद्योग वाणिज्य महासंघमा पहिलो महिला अध्यक्ष

बिहिबार, ३१ चैत २०७३, ०९ : १४ सन्तोष न्यौपाने  | @santyneupane

काठमाडौं- मुलुकको प्रमुख पदहरूमा महिला पुग्ने क्रममा निजी क्षेत्रकै सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा पनि पहिलो पटक पहिला अध्यक्ष भएकी छन्। राष्ट्रपति, सभामुख, प्रधानन्यायधिस जस्ता पदमा महिला पुगेको सन्दर्भमा महासंघमा भवानी राणा अध्यक्ष भएकी हुन्।    

बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार महासंघको ५१ औं साधारण सभाबाट राणा अध्यक्षमा नियुक्ती भएकी हुन्। राणाले बुधबार महासंघमा भएको विशेष समारोहमा नयाँ कार्यसमितिको पदभार ग्रहरण गरेकी छन्।

करिब एक दशक अघि महासंघमा प्रवेश गरेकी राणा २०६४–६७ मा पहिलो पटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासंघमा सक्रिय रुपमा काम गर्न लागेको महासघले जनाएको छ।

अध्यक्ष पशुपती मुरारकाले नयाँ अध्यक्षका रुपमा राणालाई पदभार गराएका थिए। 'म यो बेला गर्व र भावुक भएकी छु,' अध्यक्षका पदभार लिएपछि राणाले भनिन्,' 'महासंघको ५० वर्षको इतिहासमा पहिलो पटक पहिलाको रुपमा अध्यक्षमा आएकी छु। अब महासंघलाई अगाडी बढाउने जिम्मेवारी मेरो काधमा आएको छ।'

उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निर्वाचित भएका शेखर गोल्छा सहित कार्यसमितिका सम्पुर्ण सदस्यले पदभार  ग्रहरण गरेका छन्। उपाध्यक्षमा जिल्ला–नगरबाट प्रमोद श्रेष्ठ, वस्तुगत समूहबाट उमेशलाल श्रेष्ठ र एशोसिएटबाट चन्द्रप्रकास ढकाल निर्वाचित भएका थिए।

बुधबारै महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षतमा बसेको पहिलो बैठकले ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्षमा चयन गरेको छ। प्रधानले गोल्छाको प्यानलबाट कोषाध्यक्षमा उम्मेदवार दिएका थिए। 

कार्यक्रममा राणाले आर्थिक समृद्ध नै मुलुकको प्रमुख चुनौतीका रुपमा रहेको बताइन्। 'राजनीतिक स्थिरतापछि अब हामीलाई आर्थिक समृद्धि चाहिएको छ,' राणाले भनिन्, 'यसका लागि हामी सरकारसँग मिलेर जान तयार छौं।'

पदभार समारोहमा राणाले आफ्नो तीन वर्षे कार्यकाल सफल बनाउन आफ्ना योजना समेत सुनाएकी थिइन्। महासंघ सधै उच्च स्थानमा रहेको भन्दै यसको गरिमा र यसलाई थप उचाइमा पुर्‍याउनु नै आफ्नै आफ्नो पहिलो काम हुने उनले बताइन्।

'मेरा अध्यक्ष मुरारकाले बनाउनु भएका योजनालाई पुरा गर्नु मेरो पहिलो योजना रहनेछ,' राणाले भनिन्। त्यसैगरी, युवा जनशक्तीलाई पलायन हुन नदिन आफू प्रयासरत रहने भन्दै यसको लागि सात प्रदेशमा तालिम र टेक्निकल स्कुल खोल्ने आफूले योजना बनाएको बताइन्।

त्यसैगरी, महासंघमा एक विज्ञ समूह र रिसर्च एण्ड डिभलपमेन्ट सेन्टर खोल्ने, सरकारसँग मिलेर काम गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडललाई प्राथमिकतामा राख्ने, स्वदेशी वस्तु उपयोग गर्न जोड दिने, जिल्ला नगरका उद्योगलाई कसरी संचालन गर्न सकिन्छ वृहत छलफल गरेर अगाडी बड्ने प्रतिवद्धता जायर गरिन्।

त्यसैगरी, नेपाल र भारतबीचको द्धिदेशीय व्यापारमा विहार, बंगाल, युपी जस्ता बार्डर क्षेत्रमा भएका समस्या समाधान गर्न पहल गर्ने, राजनीतिक दललाई आर्थिक विकासलाई प्राथमिकतामा राख्न संकल्प प्रस्ताव पास गराउने, कर विवादलाई सधामान गर्ने योजना अगाडी सारेकी छन्।

त्यसैगरी, राणाले कच्चा पदार्थको भ्यालु एड गर्ने, जग्गा प्राप्ती र भू–उपभायेग नीतिलाई अगाडी लैजाने, जलविद्युत आयोजनालाई प्राथमिकतमा राखेर काम गर्ने प्रतिवद्धता गरेकी छन्। सात प्रदेशमा स्मार्ट सिटी बनाउने र त्यसको सुरुवात काठमाडौंबाट गर्ने, पुँजीगत खर्च बढाउन सहयोग गर्ने, सरकारबाट विकासको वार्षिक क्यालेन्डर प्रकाशन गर्न लगाउने, महिला उद्यमशिलता विकासमा जोड दिने र अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्ने योजना राणाले अगाडी सारेकी छन्। त्यसैगरी उनले महासंघको चुस्त सचिवालय बनाउन सधै सक्रिय रहने समेत प्रतिवद्धता व्यक्त गरिन्।

राणाको अध्यक्ष यात्रा

महासंघका अनुसार भवानी राणा रोलक्रममा महासंघको १८ औं अध्यक्ष हुन। अध्यक्ष राणा कार्यकारिणी समिति सदस्य, महिला उद्यमी विकास समितिका सभापति, उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्षबाट स्वत अध्यक्ष बनेकी हुन। 

करिब एक दशक अघि महासंघमा प्रवेश गरेकी राणा २०६४–६७ मा पहिलो पटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासंघमा सक्रिय रुपमा काम गर्न लागेको महासघले जनाएको छ।

पर्यटन व्यवसाय सक्रिय रहेकी राणाका मुख्य व्यवसायिक कार्यक्षेत्र बांके र वर्दिया हुन्। उनी स्नेहा ग्रुपको व्यवस्थापन निर्देशक रहेकी छन्। उक्त समूह अर्न्तगत स्नेहा होटल, स्नेहा ट्राभल्स र स्नेहा एग्रो प्राइभेट लिमिटेड रहेका छन्। साथै अध्यक्ष राणा स्नेहा कल्चरल ईन्टरटेनमेन्टको निर्देशक, बि एण्ड एस कोलाब्रेसनको व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजको प्रर्वद्धक, पद्य क्रियशनको निर्देशक र बागेश्वरी विकास बैंकका प्रवर्द्धक रहेकी छिन्।

नेपालगंजस्थित होटल स्नेहाको व्यवस्थापन निर्देशक रहेकी राणाको होटल, जंगल सफारी, व्यवसायिक कृषि, पूर्वाधार र उत्पादन मुलक क्षेत्रमा लगानी गरेकी छन्।

सेन्ट मेरिज स्कुलबाट विद्यालय शिक्षा लिएकी अध्यक्ष राणाले भारतको लखनऊ विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी छिन्।

उनी प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी वोर्डको सदस्य एवं महिला उद्यमी महासंघ नेपालका अध्यक्ष समेत रहेकी छन्। विगतमा नेपाल पर्यटन वर्ष २०११ कार्यान्वयन वोर्डका सदस्य, पर्यटन मन्त्रालय अन्तरगतको तारा गाउं विकास वोर्डको अध्यक्षता समेत रहेको महासंघले बताएको छ।

अध्यक्ष राणा आउट स्टण्डीङ ओमन ईन्टर प्रिनियर अवार्ड २०१०, गृह मन्त्रालयबाट सन् २००४ मा प्रदान गरिएको राष्ट्रिय अवार्डबाट विभुषित हुनुको साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले प्रदान गरेका अवार्डहरुबाट विभुषित छिन्।

नवनियुक्त अध्यक्ष राणाले सरकारबाट गठित विभिन्न समिति बोर्डहरुमा सहभागिता जनाई राष्ट्रिय निती कानूनहरुमा निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन्।

पदभार ग्रहण समारोहमा राणाले आफ्नो व्यवसायलाई सफल रुपमा अगाडी बढाउन आफ्नो परिवार र विशेषरुपमा श्रीमानको  सहयोग गरेको बताइन्।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad