हत्या अभियोगमा अाफ्नै श्रीमान र भार्इ सार्वजनिक

बुधबार, ३० चैत २०७३, १८ : ५२ उपेन्द्र यादव

बारा– पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेब बबिता कुमारी पण्डितको हत्यामा श्रीमान र  आफ्नै काकाको छोराको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बबिताको हत्या अभियोगमा श्रीमान अमरेन्द्र कुमार पण्डित र मृतक बबिताकाे काकाको छोरा ज्ञानेन्द्र पण्डितलाई सार्वजनिक गरेको हो।

चैत १३ गते बाराको प्रसौनी गाउपालिका ६ स्थित सिंगा खोलाको किनारमा प्लाष्टिकको बोराभित्र राखी फालिएको अवस्थामा बबिताको शव जिल्ला प्रहरी कार्यालय बाराले फेला पारेको थियो।
फेला परेको शव स्वास्थ्य चौकी रामगढवामा कार्यरत रहेकी बविताको रहेको थाहा पाएपछि त्यसको अनुसन्धान गर्दा सर्लाही सिसौटका श्रीमान र मृतक बबिताको काकाको छोराको बबिताको हत्यामा संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएका पत्रकार सम्मेलनमा नारायणी अञ्चल वीरगन्जका बरिष्ठ प्रहरी उपरिक्षक सूर्य प्रसाद उपाध्यायले जानकारी गराएका छन्।

लोक सेवा पास गरी बबिताले जागिर गर्न शुरु गरेपछि उनको श्रीमान अमरेन्द्रले अरु युवगसँग सम्बन्ध राखेको भन्दै जागिर छोड्न पहिलादेखि नै दवाब दिने गरेको उपाध्यायले पत्रकार सम्मेलनमा बताए।

घटनाको अनुसन्धान गर्दै जाँदा डेढ वर्ष पहिलादेखि अमरेन्द्र र बबिता बीच दिनहुँ विवाद हुने गरेको र अमरेन्द्रले फोन सम्पर्क हुदा समेत विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज गर्ने गरेको खुलासा भएको बरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए ।
 
श्रीमान अमरेन्द्रबाट मानसिक र शारिरीक यातना हुने गरेको भन्दै असोज महिनामा बविताले पर्सा जिल्ला अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा गरेकी पत्रकार सम्मेलनमा प्रहरीका अधिकारीहरुले बताए ।  
पर्सा जिल्ला अदालतमा बबिताले दिएकी सम्बन्ध विच्छेदको मुद्दामा गत पौष ११ गते पर्सा जिल्ला अदालतमा श्रीमान अमरेन्द्र पण्डितको सम्पूर्ण सम्पत्तिमा मृतक श्रीमतीको हक पुग्ने गरी मिलापत्रसमेत भएको उपाध्यायले बताए।

अदालतबाट भएको मिलापत्रले श्रीमती बबिताले सम्पत्तिको आधी भाग लिई अर्कै युवासँग जाने शंकैशंकामा अमरेन्द्रले बविताको हत्या गराउने षडयन्त्र शुरु गरेका पत्रकार सम्मेलनमा उपाध्यायले बताए।

श्रीमतीको हत्या गराउने योजना अमरेन्द्रले बनाएपछि हत्या गराउनको लागि बबिताको काकाको छोरो ज्ञानेन्द्रलाई नै दुई लाख रुपैयाँको प्रलोभनमा अमेन्द्रले ज्ञानेन्द्रलाई परिचालन गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।

श्रीमतीको हत्या गर्ने भएपछि अमरेन्द्रले ज्ञानेन्द्रलाई पेश्की स्वरुप मलंगवामा रहेको सेन्चुरी बैंकबाट वीरगन्ज शाखामा एक लाख रुपैंयाँ खातामा जम्मा गराएको बरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले पत्रकार सम्मेलनमा बताए ।  

भाई ज्ञानेन्द्रले पूर्व योजना अनुसार आफनो जन्मदिन भनी वीरगन्जस्थित आफनो कोठामा बबितालाई बोलाई चैत्र १२ गते राती अन्दाजी साढे आठ बजेको समयमा कोठाभित्रै घाँटी थिची टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

लोक सेवा आयोग पास गरी रामगढवामा कार्यरत रहँदा बबिता वीरगन्ज भिस्वा टोलमा डेरा लिई बस्दै आएकी थिइन्।

चैत्र १५ गते बविताको शव हो भनी यकिन भएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा चैत्र २६ गते सर्लाही घर भएका उनका श्रीमान् र काकाको छोरा भाईलाई सर्लाहीबाट पक्राउ गरी सोधपुछ गर्दा पक्राउ परेका श्रीमान अमरेन्द्र र काकाको छोरा ज्ञानेन्द्रले हत्या गरीएको बारेमा प्रहरीलाई बयान दिएको बरिष्ठ उपरीक्षक उपाध्याले बताए ।

हत्यामा संलग्न अन्य अभियुक्तहरुको खोज तलासका कार्य जारी रहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

बबिताले हत्या हुनुभन्दा चार दिनअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भनी निवेदन दिएता पनि उनलाई सुरक्षा दिन नसकेको प्रहरी उपरीक्षक उप्रेतीले पत्रकार सम्मेलमा बताए।

मृतक बविताकुमारी पण्डितका श्रीमान अमरेन्द्र कुमार पण्डित जनता उच्च माध्यमिक विद्यालय रामवन सर्लाहीमा अंग्रेजी शिक्षक पदमा कार्यरत रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।
 
 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad