८ वैशाख २०८१ शनिबार
समाज

डिआइजी सिलवालको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं— प्रकाश आर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार दुवै पक्षलाई छलफलमा बोलाउने र नियुक्ति गर्नुको कारण माग गर्ने आदेश मात्र जारी गरेको हो।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार दुवै पक्षलाई छलफलमा बोलाउने र नियुक्ति गर्नुको कारण माग गर्ने आदेश मात्र जारी गरेको हो।

प्रहरी प्रमुख नियुक्तिको विवाद लम्बिएपछि डेढ महिनादेखि प्रहरी संगठन निमित्त आइजीको भरमा चल्दै आएको अवस्थामा सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा अर्याललाई मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। नियुक्ति लगत्तै मध्यराति उनलाई गृह मन्त्रालयमा दज्र्यानी चिन्ह दिएर जिम्मेवारी सुम्पिएको थियो।

१ फागुनको मन्त्रिपरिषद् बैठकले डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। डिआईजी नवराज सिलवालसहितले सर्वोच्च अदालतमा रिट दायर गर्दा त्यतिबेला सर्वोच्चले अन्तरिम आदेश दिँदै चन्दको नियुक्ति रोकेको थियो। पछि सर्वोच्चको पूर्ण इजालशले चन्दको नियुक्ति बदर गर्दै सरकारलाई कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको थियो।
 

प्रकाशित: ३० चैत्र २०७३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App