coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुको शितलापुरमा आगलागी, २२ बाख्रासहित ५९ घर नष्ट

फाइल फाेटाे

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत शितलापुर गाउँमा बुधबार विहान आगलागी हुँदा २२ बाख्रासहित ५९ घर जलेर नष्ट भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् । 

स्थानीय मन्नान मियाँको घरबाट सल्केको आगोमा परी स्थानीय ४५ वर्षीया सिताराम लोनिया घाइते भएका हुन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

खाना पकाएपछि आगो राम्रोसँग ननिभाएको कारण आगलागी भएको स्थानीयको भनाई छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी  तथा स्थानीयको सहयोगमा करिव तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि कपिलवस्तु र कृष्णनगर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । 

आगलागी पश्चात जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट जिल्ला प्रमुख अधिकारी विष्णुप्रसाद ढकालले पीडित परिवारलाई नगद रु ५  हजारका दरले राहत उपलब्ध गराएका छन् भने अझै ५ हजार दिने प्रतिबद्धता जनाएका छन् । 

 

प्रकाशित: ३० चैत्र २०७३ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App