७ वैशाख २०८१ शुक्रबार
राजनीति

महिला आंकाक्षीलाई  विस्थापित गर्दै सिनियर उम्मेद्वार

बर्दिया – वारबर्दिया नगरपालिकामा माओवादी केन्द्रकी मेयर आकांक्षी महिला अञ्जु दहित चुनावको मिति नजिकिदै गर्दा पाका उम्मेद्वार पनि एकाएक आकांक्षी भइदिँदा दुखित भएकी छिन्। 
चुनाव मिति घोषणा अघि देखि पार्टीकै निर्देशनमा रात दिन खटिएकी उनी अन्तिम समयमा आएर आफ्नै पार्टीका सिनियरले मेयरको दावी गर्दा चिन्तित बनेकी हुन् । 

‘पहिले देखि मलाई मेयर तयारीका लागि पार्टीले अह्रायो’ उनले भनिन् ‘सिनियर आंकाक्षीका कारणले समस्या भइरहेको छ ।’ 

वारबर्दिया नगरपालिकामा माओवादी केन्द्रीय सदस्य दुर्गा बहादुर थारु आंकाक्षी भएका कारण महिला उम्मेदवार दहित प्रमुख पदवाट विस्थापित हुने देखिएको छ ।

यस्तै चुनाव मिति घोषणा लगत्तै बबई नगरपालिकामा माओवादी केन्द्रकी कृष्णकुश्मा चौधरीको  नाम मेयरमा चर्चा भयो ।

चौधरी मतदाता समक्ष आफैँलाई भोट माग्दै पार्टीको तर्फवाट मेयरको उमेदवारको रुपमा प्रस्तुत भइन । तर, अहिले माओवादी केन्द्रबाट मेयरको चर्चा नेत्र आचार्यको छ ।

गुलरिया नगरपालिका बर्दिया जिल्लाको सबैभन्दा ठूलो नगर हो । गुलरिया नगरपालिका प्रमुख पदका लागि तीन वटै दलले महिला उम्मेद्वारको चर्चा छैन् ।

नेपाली कांगे्रसको तर्फबाट उपमेयरमा टिका अधिकारी र शुसिला गिरी एमालेबाट टिका संसेरी र माओवादी केन्द्रको मिथिला फुँयालको नाम चर्चामा छ ।

 पुरुष तर्फ नेपाली कांग्रेसबाट वियय देवकोटा र मुत्तिनाथ यादव, एमालेबाट हरि ज्ञवाली र अम्मरबहादुर खड्काको चर्चा छ भने माओवादी केन्द्रले गेहेन्द्र ढकाललाई सुनिश्चित गरेको छ । यि तीन वटै दलमा उपप्रमुखमा मात्र महिला उमेदवार उठाउँने तयारी छ । 
 
यहाँ १२ वटा वडा छ । मुख्य राजनीतिक दलले वडाको अध्यक्ष पदमासमेत महिला उम्मेदवारको चर्चा गरिरहेका छैनन् । नेपाली कांग्रेसबाट ५, एमालेबाट ३ र माओवादी केन्द्रवाट ४ जनाले  वडाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेका छन् तर पार्टीको निर्णय आउन बाँकी नै छ । 
स्थानीय तह चुनावमा दलहरूले प्रमुख र उप प्रमुखमध्ये एउटा पदमा महिला उम्मेद्वार बनाउनै पर्ने कानुनी व्यवस्था छ तर महिला उम्मेद्वारलाई प्रमुख र उपप्रमुख दुबै वञ्चित गर्ने खेल भइरहेको महिला नेतृको आरोप छ । 

‘जबरजस्ती विभिन्न दलहरूले भित्री साठगाँठ गरेर महिलालाई सहायक पदनमा झार्ने खेल भइरहेको छ’ एक महिला नेतृले भनिन् । 

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने इच्छा जनाए पनि पार्टीबाट कुनै पनि नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा महिला उमेदवार निर्णय नगर्ने देखिन्छ । महिलाहरूले आफू सम्बद्ध राजनीतिक दलले उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन् ।

लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्याइरहेका सक्षम महिला नेतृ भए पनि पुरुषलाई मात्र प्रमुखको पदमा पुर्याउने उद्देश्यले महिलालाई उपप्रमुखमा सीमित पार्ने प्रयास भइरहेको उनीहरूको आरोप छ । 

माओवादी केन्द्र मात्र नभई नेपाली काँग्रेस, राप्रपा  जस्ता मुख्य राजनीतिक दलले महिलालाई उपप्रमुखमै सीमित बनाउने तयारी गरिरहेका छन् । महिलालाई प्रमुख पदको जिम्मेवारी नबनाउने दलहरूको योजनाप्रति सबै दलका महिला असन्तुष्ट छन् ।

प्रकाशित: ३० चैत्र २०७३ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App