८ वैशाख २०८१ शनिबार
समाज

प्यूठानमा करेन्ट लागेर एकको मृत्यु

प्यूठान– करेन्ट लगाएर माछा मार्ने क्रममा प्यूठानमा एकजना युवाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–५, निवासी केशव जिसी माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

थीहरुसँग गएराती झिमरुक खोलामा करेन्ट लगाई माछा मार्न गएका १७ वर्षिय जिसी घाइते भएका हुन् । घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदै गर्दा मृ्त्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्यूठान प्रहरी प्रमुख प्रनाउ रन्जितसिंह राठौरले बताए । जिसीसँगै माछा मार्न गएका ४ जनालाई पक्राउ गरी सोधपुछ भइरहेको बताए । 

 

प्रकाशित: ३० चैत्र २०७३ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App