सोलुखुम्बुमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

बुधबार, ३० चैत २०७३, १२ : १२ नागरिक


सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो।  

अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडौँ आइपुगेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले जानकारी दिए ।
मिग्युलसँगै विभिन्न देशका १७ जना प्रतिनिधि काठमाडौँ आइपुगेका र अन्य प्रतिनिधि आउने क्रम जारी रहेको छ । 

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिले भाग लिनेभएका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको रानापालले बताए । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन सो सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पुर्याउने विश्वास रानापालले व्यक्त गरे । 

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृश्यावलोकनका साथमा हिमाली रहनसहन, संस्कृतिका बारेमा बुझ्न र बुझाउनसमेत सम्मेलनबाट सहयोग पुग्ने रानापालले बताए। रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad