७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीचको सम्बन्ध चिसियो

नयाँ दिल्ली-पाकिस्तानको सैनिक अदालतले आफ्नो नागरिक कुलभुषण जाधवलाई जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएपछि भारत र पाकिस्तनबीचको सम्बन्ध फेरी एकपटक विवादको सतहमा आएको छ।

पाकिस्तानको सैनिक अदालतले जाधवलाई मृत्युदण्डको सजाएको फैसला गरेपछि भारतमा सरकार र नागरिक दुवै तहमा पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया व्यक्त भएका छन्।

मंगलबार भारतीय विदेश मामिला मन्त्री सुष्मा स्वराजले पाकिस्तानी सैन्य अदालतलाई इंगित गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएकी छिन् । उनले आफ्ना नागरिकलाई मृत्युदण्ड दिइए पाकिस्तानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले पाकिस्तान र भारतबीचको सम्बन्धसमेत असहज परिस्थिति सिर्जना हुनसक्ने चेतावनी पनि दिएकी छिन् ।

भारतीय नागरिकलाई पाकिस्तानमा मृत्युदण्डको सजायको फैसलाको विषय भारतीय संसद्मा मंगलबार प्रवेश पाएपछि सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा विदेशमन्त्री स्वराजले उक्त भनाई राखेकी हुन् ।

पाकिस्तानको निर्णय एक निर्दोष भारतीय जनता माथिको अन्याय भएको बताउँदै विदेशमन्त्री स्वराजले पाकिस्तानको निर्णयलाई हामीले साधारण नागरिकको हत्या भन्नु बाहेकको शब्द छैन । ‘हाम्रो अवस्था पष्ट रहेको छ । कुलभुषणले त्यस्तो नराम्रो गरेको प्रमाण केही छैन । म पाकिस्तान सरकारले यस्तै गतिविधि गरिरहे हाम्रो द्विपक्षीय सम्बन्धको असरका बारेमा सचेत हुन चेतावनी दिन चाहन्छु,’ उनले राज्य सभाको बैठकमा भनिन् ।

कंग्रेसका नेता गुलाम नावी अजादले जाधवको रिहाईका विषयमा केन्द्रीय सरकारले गरिरहेको पहलका बारेमा राज्य सभाको बैठकमा गरेको प्रश्नको जवाफ दिदैं उनले भनिन्,‘ पाकिस्तानले भारतीय उच्च आयोगलाई जाधवको मृत्युदण्डको फैसला भएको तीन घण्टापछि मात्रै जानकारी गराएको बताइन् ।’

भारतीय उच्च आयोगलाई केही अगाडी मात्रै जानकारी पाइएको भए केही गर्न सक्ने अवस्था हुन्थयो भन्दै स्वराजले भनिन् ‘जाधवलाई पनि वकिल राख्न दिइएको थिएन ।’  ‘सरकार जाधवको जीवन रक्षाका लागि चाहिने कानूनी सहयोग गर्न हरसम्भव प्रयास गर्ने छ किनकी उनी एक भारतीय नागरिक हुन् र हामी उनको सहयोगमा जे गर्नपनि तयार छौं,’ स्वराजले भनिन् ।

सोमबार भारतीय विदेश सचिवले पाकिस्तानी उच्च आयुक्तलाई भनाई राखिसकेको बताउँदै स्वराजले भनिन्, ‘भारत सरकार र जनताले एक निर्दोष भारतीय नागरिकले पाकिस्तानमा मृत्युदण्ड पाएको विषयलाई गम्भीर रुपमा हेरिरहेका छौं ।’ कुनैपनि कारण र कानूनका साधारण नियम र अन्तर्राष्ट्रिय न्याय र सम्बन्धका विषयमा ख्यालै नराखी पाकिस्तानको यस्तो फैसला आएको उनको भनाई थियो ।

उनले आफू जाधवको परिवारसँग सम्पर्कमा रहेको र सरकारले जाधवको परिवारलाई सक्दो सहयोग गरिरेहको पनि लोकसभाको बैठकमा स्वराजले बताइन् ।  आफ्ना नागरिक विदेशमा अनाहकमा मृत्युदण्डको सजाय भोग्न बाध्य भईरहेको सन्दर्भमा संसद्को बलियो एक्यबद्धताले मात्र उनीहरुलाई थप उर्जा प्रदान गर्ने उनको भनाई थियो ।

जाधवको विषयमा भारतको दुवै सदनले पाकिस्तानको निर्णयको विरोध गरेको छ । लोकसभाकै बैठकमा विपक्षी कंग्रेसका सांसद्ले उठाएको प्रश्नको जवाफ दिदैं गृहमन्त्री राजनाथ सिंहले जाधवसँग पाकिस्तानका लागि आधिकारिक भिसा रहेको अवस्थामा कसरी उनी भारतका जासुस हुन सक्छन् भन्दै केन्द्रीय सरकारले जाधवको जीवन रक्षाका लागि जस्तोसुकै कदमचाल्ने बताएका थिए । लोक सभामा बोल्दै राजनाथ सिंहले भने, ‘पाकिस्तानले जासुस गरेको झुठो आरोपमा कुलभुषण जाधवलाई मृत्युदण्ड दिने फैसला भारत सरकार कडा शब्दमा निन्दा गर्दछ ।

पाकिस्तानमा मृत्युदण्ड सुनाइएका कुलभुषण जाधव गत वर्षको मार्च महिनामा पाकिस्तानमा पक्राउ परेका थिए । उनलाई पाकिस्तानका विरुद्धमा जासुस गरेका आरोपमा प्रकाउ गरिएको पाकिस्तानले बताएको थियो ।

पाकिस्तानको सुरक्षा संयन्त्रले जारी गरेको विज्ञप्तिमा जादवले आफूलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ले पाकिस्तानको जासुसमा तयारी र संयोजन गर्न पठाएको स्वीकारेको बताइएको छ । पाकिस्तानी सैन्य अदालतले जाधवले पाकिस्तानविरुद्धमा जासुस गरेको दोषी ठहराउँदै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । भारतले पाकिस्तानको अदालतको उक्त निणर्यको कडा शब्दमा प्रतिवाद गरेको छ । भारतले अदालती सुनुवाईका क्रममा भारतीय कन्सुलर कर्मचारीलाई समेत जाधवलाई भेट्न नदिएको आरोप लगाएको छ।

 

प्रकाशित: ३० चैत्र २०७३ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App