७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसका १० सांसद मुलुक बाहिर

काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनको लागि संख्याको खेलमा रहेकै बेला नेपाली कांग्रेसका १० सांसद भने मुलुक बाहिर रहेका छन्। कांग्रेस र माओवादीले आज मात्र एमाले नेतृत्वको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसका १० जना सांसद सोमबार चीन भ्रमणमा गएका हुन्। उक्त टोलीमा अन्य पाँच जना कांग्रेसका नेता समेत रहेका छन्। उनीहरु साउन ११ गते मात्र स्वदेश फर्कने छन्।

चीन जाने सांसदहरुमा रामचन्द्र पोखरेल, तप्त विष्ट, रेशम बानिया, देवान सिंह विष्ट, रस्मि ठाकुर, अनिता देवकोटा, सुरेन्द्र आचार्य, सारदा पौडेल. कृष्ण कुमारी र बुद्दिसागर चौधरी रहेका छन्। त्यस्तै उनीहरुसँग बैकुन्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, सुरेश चालिसे, नारायण मिश्र सहितका नेता सहभागि छन्।

प्रकाशित: २९ असार २०७३ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App