८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय प्रसारण लाइनमा थपियो साढे सात मेगावाट बिजुली

काठमाडौं – जोगमाई हाइड्रोपावरबाट उत्पादतित ७.६ मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा थपिएको छ । 

निजी क्षेत्रको लगानीमा सान्भी इनर्जीले निर्माण गरेको इलामको नामसालिङ र नयाँ बजार गाविमस्थित जोगमाई खोलाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा थपिएको हो । 

प्राधिकरणका प्रविधिकको उपस्थितिमा विद्युत गृहको परीक्षण सफल भएपछि व्यावसायिक उत्पादन सुरु भएको सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । उनका अनुसार अहिले एक युनिटबाट १.६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यो आयोजनाबाट खोलाको पानीका आधारमा उत्पादन तलमाथि हुनेछ । 

जोगमाईमा उत्पादित बिजुली विद्युत काबेली कोरिडर अन्तर्गत ३३ केभी प्रसारण लाइन (१०.५ किलोमिटर) मार्फत इलामकै गोदकस्थित सवस्टेसनमा जोडिएको छ । आयोजनाले चैत १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । पूर्वाधार निर्माणका सबै काम सकिएपछि दुई साता परीक्षण उत्पादन गरिएको थियो । 

यो आयोजनाले प्राधिकरणसँग बर्षाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा ३० वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । पिपिए अनुसार व्यापारिक उत्पादन सुरु भएदेखि पाँच वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले मूल्य बढाइनेछ । 

जोगमाई हाइड्रोपावर २७ महिनामा निर्माण पुरा भएको हो । यो आयोजनाको जम्मा लागत एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
 

प्रकाशित: ३० चैत्र २०७३ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App