coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संसोधन प्रस्तावबारे मोर्चाले वुधबार धारणा सार्वजनिक गर्ने

काठमाडौं- आफ्ना मागलाई सम्वोधन गर्न ल्याएको संविधान संशोधनको प्रस्तावका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

सरकारले संसद सचिवालयमा मंगलवार दर्ता गराएको संशोधन प्रस्तावमा आधिकारिक धारणा बनाउनका लागि बुधवार बिहान मोर्चाले बैठक बोलाएको छ। सो बैठकले प्रस्तुत संशोधनलाई अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोले बताए।

‘सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई मोर्चाको बैठकमा अध्ययन गरिनेछ र त्यसपछि मोर्चाले आधिकारिक धारणा सार्वजनिक गर्नेछ’ महत्तोले नागरिकसँग भने । उनका अनुसार बिहान ९ बजे मोर्चाको बैठक बोलाइएको छ ।

सीमाङकन आयोग बनाई रुपान्तरित संसदलाई सिमाङकन फेरबदल दिनु पर्ने माग सम्वोधन गरे पनि अन्य बिषयमा बुदाँगत छलफल गरेर मोर्चाले आधिकारिक धाराणा सार्वजनिक गर्ने उनको भनाई छ ।

 

 

 

 

प्रकाशित: २९ चैत्र २०७३ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App