४ वैशाख २०८१ मंगलबार
अर्थ

टेलिकमको नयाँवर्ष अफरः रिचार्जमा १५ प्रतिशत बोनस, सयमा ४०० एमबी डाटा

काठमाडौं– नेपाल टेलिकमले अफ्ना ग्राहकका लागि नयाँ्वर्ष अफर ल्याएको छ । अफरअन्तर्गत रु. १०० को रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज गर्दा १५ प्रतिशत बोनस ब्यालेन्स प्राप्त गर्ने टेलिकमले जनाएको छ। ३० गतेदेखि उपलब्ध गराउने यस्तो बोनस सुविधाको वैधता ३ दिन रहने र यो अफर १३ गतेसम्म रहने जनाएको छ। 

टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जारी गरेको विज्ञप्तीअनुसार जिएसएम मोबाइलका ग्राहकहरुलाई चैत ३० देखि २८ गतेसम्म अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज अफर ल्याएको छ। 

अल टाइम डाटा अफरअन्तर्गत ३० दिनको भ्यालिडिटिसहित चौबीसै घण्टा प्रयोग गर्न मिल्ने गरी रु. १०० मा ४ सय एमबी, २०० सयमा ८५० एमबी र ३०० मा १५०० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । 
नाइट डाटा प्याकेज अन्तर्गत रु. २००, र ३०० मा ३० दिनको भ्यालिडिटिसहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइने जनाएको छ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि म्ब्त्ब् टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ । नाइट डाटा लिनका लागि ल्क्ष्न्ज्त् टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्छ । 

त्यसैगरी, नाइट भ्वाइस प्याकअन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ वैशाख २८ गतेसम्म लागू हुने गरी रु.२५ (कर सहित) मा ७ दिनको भ्यालिडिटिसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराउने जनाइएको छ। 

नाइट भ्वाइस प्याक सेवा लिनका लागि ल्क्ष्न्ज्त्ख्इक्ष्ऋभ् टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ । 

 

प्रकाशित: २९ चैत्र २०७३ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App