६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

पूर्णिमामा 'चन्द्र कला'

काठमाडौं– आज चैत पूर्णिमा । हिन्दू पात्रो अनुसार यो वर्षको पहिलो पूर्णिमा हो । हिन्दू शास्त्रहरुले सबैजसो पूर्णिमा तिथिलाई शुभ दिवसका रुपमा व्याख्या गरेका छन् । आजैका दिन रामभक्त हनुमान(पवनपुत्र हनुमान) जन्मेकोले हनुमान जयन्तिका रुपमा पनि यो दिवस मनाइन्छ । 

यस दिनलाई शुभ मान्दै सत्यनारायणको पूजा गर्ने र कुल परम्पराअनुसार व्रत बस्ने चलन पनि छ। पूर्णिमाका दिनलाई कलाकार तथा साहित्यकारहरुले पनि विशेष सिर्जनात्मक दिनका रुपमा लिने गर्छ।

पूर्णचन्द्र हेरेर कविता, गीत, गजललगायत साहित्य सर्जिना गर्ने र विशेष गरी टाढा रहेका प्रेमिल जोडीहरुले एक अर्कालाई सम्झेर भावनाका कुरा गर्ने अवसरका रुपमा पनि धेरैले लिने गर्दछन्। 

खासमा पूर्णिमा आफैमा पनि रमाइलो देखिन्छ । पूर्णिमाको उज्यालो रात, पूर्णाकारको सुन्दर चन्द्रमा र त्यसबाट खरेका टहटह किरणहरुमा नरमाउने सायद को नै होला र ?    

यसै दिनको सुवर्ण मौकामा भक्तपुरको दरबार क्षेत्रमा खिचिएका यी सुन्दरले तस्बिरहरु हेर्नुहोस् । 
तस्बिरहरुः प्रबिन कोइराला 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App