coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिँदै भने: संयमताका साथ काम गरौं

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्।  

उनले राष्ट्रको भविष्य र नागरिकको अपेक्षासँग जोडिएको यो दायित्व निर्वाह गर्ने अग्रपंक्तिमा नेपाल प्रहरी रहेको बताउँदै संयमताकासाथ काम गर्न निर्देशन दिए।

निर्देशन दिँदै अर्यालले आसन्न स्थानीय तह निर्वाचन, संविधान र संघीयताको सफल कार्यान्वयनको लागि काम गर्ने जिम्मेवारी रहेको बताए। उनले राष्ट्रको भविष्य र नागरिकको अपेक्षासँग जोडिएको यो दायित्व निर्वाह गर्ने अग्रपंक्तिमा नेपाल प्रहरी रहेको बताउँदै संयमताकासाथ काम गर्न निर्देशन दिए। मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरुप नेपालको संविधान, प्रचलिन ऐन कानुनहरु र नेपाल सरकारको नीति निर्देशन बमोजिम परिचालित हुनु नेपाल प्रहरीको मुल दायित्व रहेको अर्यालको भनाई छ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अर्याललाई शुभकामना दिएका थिए।

नीति समन्वय समितिको बैठक

नवनियुक्त आइजिपी प्रकाश अर्यालको नेतृत्वमा प्रहरीको नीति समन्वय समितिको बैठक बसेको छ। बैठकले अर्याललाई आइजिपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरेको छ। बैठकमा जयबहादुर चन्द उपस्थित भएर अर्याललाई बधाई दिएका थिए। तर नवराज सिलवाल भने उपस्थित भएनन्।

प्रकाशित: २९ चैत्र २०७३ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App