८ वैशाख २०८१ शनिबार
प्रवास

फुकुओकामा जेएमइको नयाँ शाखा उद्‌घाटन, एक महिनासम्म सेवा निःशुल्क

सेवा शुभारम्भ गरिँदै।

टोकियो—जापानबाट नेपाल लगायतका विभिन्न मुलुकमा रेमिट्यान्स् कारोवार गरिरहेको जापान मनि एक्सप्रेस 'जेएमई'ले सञ्जाल बिस्तार क्रममा जापानको फुकुओकामा अर्को शाखाको खोलेको छ।

टोकियोपछि नेपाली विद्यार्थीको दोस्रो ठूलो गन्तव्य फुकुओका शहरमा नेपाली विद्यार्थी धेरै छन्। ओहासी स्टेशनको निशीगुची ओहासी बिल्डिंगको चौथो तल्लामा जेएमईले सेवा आरम्भ गरेबाट उनीहरु लाभान्वित हुनेछन्।

शनिबार विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि र यहाँका सामाजसेवी,व्यवसायी लगायतको उपस्थितिमा कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालले जेएमईको शाखाको उद्‌घाटन गरेका छन्।

टोकियोपछि नेपाली विद्यार्थीको दोस्रो ठूलो गन्तव्य फुकुओका शहरमा नेपाली विद्यार्थी धेरै छन्। ओहासी स्टेशनको निशीगुची ओहासी बिल्डिंगको चौथो तल्लामा जेएमईले सेवा आरम्भ गरेबाट उनीहरु लाभान्वित हुनेछन्।

छिटो छरितो र विश्वासिलो ढंगबाट आफ्नो अलग पहिचान बनाएको जेएमई रेमिट कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता भए पश्चात कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने र आफूले चाहेको समयसम्म सुलभ ढंगबाट रकम पठाउन सकिने कम्पनीका बजार ब्यबस्थापक राजन श्रेष्ठले नागरिकन्युजलाई बताए।

विगत ६ वर्षदेखि जापानका विभिन्न शहरहरुबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरुमा आफ्ना ग्राहकहरु माझ थप नयाँ योजनासहित छिटो छरितो र विश्वासिलो कारोबार गर्दै सेवाग्राहीहरुको मन जित्ने कम्पनीका अध्यक्ष ओम गुरुङले बताए।

खा स्थापनाको अवसरमा जेएमईले फुकुओका को कार्यालयमै उपस्थित भई नेपाल पैसा पठाउँदा एक महिना अर्थात् मे ८ तारिकसम्म आफ्ना सम्पूर्ण ग्राहकलाई नि:शुल्क सेवा उपलब्ध गराउने जानकारी समेत सो कार्यक्रममा दिइएको थियो।

प्रकाशित: २९ चैत्र २०७३ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App