coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शंकरदेव र नेपाल कमर्श फाइनलमा

काठमाडौं- युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पसले प्रतिस्पर्धा गर्नेका भएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शंकरदेवले त्रिभुवन विश्वविद्यालयलाई २२ रनले हराउँदै फाइनलमा स्थानमा बनाउँदा नेपाल कमर्शले गोल्डेन गेटलाई ६ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

टस जितेर ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रनको योगफल बनाएको थियो। जवाफमा त्रिभुवन विश्वविद्यालयले ९ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको गोल्डने गेटले सबै विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। १ सय ३१ रनको लक्ष्य नेपाल कमर्शले २ बलअघि ४ विकेट गुमाएर पूरा गरेको थियो।  

प्रकाशित: २९ चैत्र २०७३ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App