८ वैशाख २०८१ शनिबार
खेल

लिभरपुल अस्ट्रेलिया जाने

सिड्नी- इङ्लिस प्रिमियर लिग महारथी लिभरपुलले अर्को महिना अस्ट्रेलियाको शीर्ष क्लब सिड्नी एफसीसँग खेल्ने ‘ए’ लिग क्लबले सोमबार जनाएको छ।

योर्गान क्लोपको लिभरपुलले मे २४ मा ओलम्पिक रंगशालामा खेल्नेछ। ‘विश्वकै ठूलो क्लबविरुद्ध खेल्न पाउनु सिड्नी एफसीका लागि राम्रो अवसर हो,’ सिड्नी एफसीका प्रमुख स्कट बार्लोले बताए।

लिभरपुलका सद्भावना दूत इयान रशले अस्ट्रेलियामा समर्थकको साथ असाधारण हुने बताए। ‘अस्ट्रेलियामा हाम्रा निकै धेरै समर्थक छन्। हामी त्यहाँ खेल्दाको वातावरण अद्भुत हुने गर्छ,’ सिड्नीमा रहेका रशले भने, ‘अस्ट्रेलियाको उत्कृष्ट ‘ए’ लिग क्लबविरुद्ध खेल्न हामी निकै उत्साहित छौं।’

पछिल्लो पटक २०१५ को अस्ट्रेलिया भ्रमणमा लिभरपुलले एडिलेड र ब्रिसवेन रंगशालामा खेलेको थियो। २०१३ मा मेलबर्न क्रिकेट मैदानमा मेलबर्नविरुद्धको खेलमा ९५ हजार दर्शक उपस्थित थिए।

प्रकाशित: २९ चैत्र २०७३ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App