coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आरानमा सुनिए दुई कवि

काठमाडौं- 'आरानमा कविता'को दोस्रो श्रृंखलामा कविद्वय फूलमान वल र केशव सिलवालले कविता वाचन गरेका छन्। दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा दुवैले समान पाँच कविता सुनाए।

कवि वलले मुस्ताङको थकाली समाजमा आएको परिर्वतनमा आधारित 'चिचिको रुख', केन्द्रीकृत राज्यप्रति व्यङ्ग्य गरिएको 'काठमाडौंविरुद्ध', मान्छेको ध्वंसात्मक चरित्र बुनिएको 'एउटा बा“दरको प्रश्न', अस्तित्वको खोजी सम्बन्धी 'खरानीभित्र' र पत्रकारिताको विसंगतीमाथि 'न्यूज' शीर्षकका कविता वाचन गरे। कवि सिलवालले 'ङा. चेपाङ' (म चेपाङ), 'छुतको व्यक्तव्य', 'सरमको अर्थ', 'एक प्रान्त', 'एउटा त्यस्तो कारखाना', 'धारिला मान्छेहरू' र 'वर्जित अवशेष' कविता सुनाए।

दोस्रो चरणमा कवि वलले आदिवासी विषय र सन्दर्भका 'गर्मी', 'भुइँचालो', 'बागमतीको आत्मालाप' सुनाए। 'महाभारतकी मैंच्याङ' कविता कृति र 'काजोल खातुन' कथा सङ्ग्रहका यी स्रष्टाले यसपछि उपभोक्तावादी बजारमाथि व्यङ्ग्य गरिएको 'आजका मान्छे' र पहिचान र सद्भाव समेटिएको 'इन्द्रेणी गीत' पनि सुनाए।

कवि सिलवालले भने 'महानायक', 'थरुनीलाई प्रेम प्रस्ताव', 'चिबे चरी', 'तुइनमा उल्टो झुन्डिएकी केटी' सुनाइन्। सामान्ती मनोविज्ञानमाथि व्यङ्ग्य गरिएको 'महानायक' र पहिचानको मुद्दालाई सशक्त रूपमा उठाइएको 'चिबे चरी' दर्शकले रुचाएका थिए। कार्यक्रमका संयोजन उन्मुक्त पुस्ताको तर्फबाट कवि मुक्तान थेवाले गरेका थिए।

उन्मुक्त पुस्ता नामक साहित्यिक समूहले अघिल्लो महिना श्रृङ्खला शुभारम्भ गरेको हो।

प्रकाशित: २९ चैत्र २०७३ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App