काठमाडौं- २७ प्रतिष्पर्धीलाई उछिन्दै सुधा गुरुङले राजधानीमा आयोजित तेस्रो संस्करणको 'ब्युटिसियन नेपाल–२०१७' को उपाधि जितेकी छिन्। एमाजोन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा 'बेष्ट ट्यालेन्ट' र 'बेष्ट मेकअप' पनि बनेकी सुधालाई पूर्वविजेता कमला अधिकारीले ताज र पहिलो 'मिस नेपाल' रुबी राणाले ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा सुष्मा बोगटी 'फस्ट रनरअप', अस्मिता महर्जन 'सेकेन्ड रनरअप', प्रमिला तामाङ शाही 'थर्ड रनरअप' र क्रिशा पोखरेल 'फोर्थ रनरअप' बने।
कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी गरेको प्रतियोगितामा विधागततर्फ भूमिका पन्थी 'बेस्ट हेयर', सम्झना राई 'बेस्ट स्किन', सुलोचना डंगोल 'बेस्ट फोटोजेनिक', सुजना बराल 'बेस्ट पर्सनालिटी', कल्पना लिम्बु सुनुवार 'बेस्ट ड्रेस', प्रिती अवाले 'बेस्ट क्याटवक', निर्मला बिष्ट 'बेस्ट स्माइल', कृषा पोखरेल 'बेस्ट डिसिप्लेन', अनुशा लामा 'मस्ट पपुलर', र ममता चौधरी 'मस्ट एक्टिभ' बने।
त्यस्तै पूर्णिमा लामा 'मस्ट कन्पि्कडेन्ट', अनु श्रेष्ठ 'मस्ट ब्युटिफुल', सुस्मा बोगटी 'मस्ट इन्टेलिजेन्ट', मिरु बरिया 'मस्ट चार्मिङ', विष्णु मल्ल 'बेस्ट ब्राइडल', अस्मिता महर्जन 'बेस्ट मेहन्दी' र मालती राई 'बेस्ट जुरो' घोषित भए।
महिलाको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा रुबीसहित, कोरियोग्राफर तथा आरजे कला सुब्बा, अभिनेता सुशील क्षेत्री, हेयर स्टाइलिस सञ्जय आङबोहाङ र 'मिसेस हिमालयन नेपाल' बिजेता अम्बिका तिमल्सिना रहेका थिए।
प्रकाशित: २९ चैत्र २०७३ ०३:०२ मंगलबार