८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु (फोटो फिचर)

भक्तपुर- नयाँ वर्षको आगमनसंगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु भएको छ।
सोमबार अपराह्न ५ बजे तौमढीबाट भैरव नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको हो।
बिहान ५ बजे भैरबको पूजा गरेपछि दिउँसो तान्त्रिक विधिद्वारा देवताको घरमा रहेका भैरबलाई रथमा ल्याएर बिराजमान गराई भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाईके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पुजा सकेर रथ तान्न सुरु गरिएको थियो।
रथलाई तौमढीबाट माथि र तलका बासिन्दाले आ–आफ्नौ क्षेत्रमा लैजान तान्ने गर्दछन् । रथ तान्ने क्रममा माथिका बासिन्दाले तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रय पुर्‍याइ फर्काउने र गःहिटी पुर्‍याएपछि आज पहिलो दिनको रथजात्रा विसर्जन गरिन्छ  
नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ । रासस

तस्बिरहरु: प्रबिन कोइराला/ नागरिक

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App