६ वैशाख २०८१ बिहीबार
प्रवास

पत्रकार महासंघ जापानको अध्यक्षमा घले निर्वाचित

अध्यक्ष निर्वाचित मोहन घले

टोकियो—नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी परेको थियो। घलेले २५ मत र थापाले १७ मत पाएका थिए।

नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी परेको थियो। घलेले २५ मत र थापाले १७ मत पाएका थिए।

उपाध्यक्षमा पूर्ण चलाउने र बिनोद सापकोटा बिजयी भएका छन्। यसैगरि सचिवमा ऋतुकुमार दुरा र सह-सचिवमा कुमार मोक्तान सर्वसम्मत चयन भए। कोषाध्यक्षमा राजबिन थापा चयन भए। सदस्यहरुमा आनन्द कोइराला, रबिन्द्र श्रेष्ठ, मुक्ति सुबेदी, निशान मगर, शान्तकुमार पहरी, र रमेश श्रीस मगर निर्वाचीत भए भने संगीता कुंवर सर्वसम्मत महिला सदस्यतर्फ चयन भइन्।

पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो। ४ मतदाता अनुपस्थित रहे। महाधिवेशन गराउन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट नेपालबाट आएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App