coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन

रौतहट– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा राजनीतिक दलसहितको बैठकमा निर्वाचनको वातावरण नरहेकोले कुनै पनि निर्णय गर्न नसकिने बताएपछि जिल्लाको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक स्थगित भएको हो।

मोर्चामा आवद्ध विभिन्न दलका नेता नेताहरुले समेत जिल्लामा निर्वाचनको वातावरण नरहेको बताउँदै निर्वाचनसँग सम्बन्धित कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन्। मुख्य रुपमा मोर्चासँग आबद्ध दलहरुले निर्वाचन आयोगको कार्यक्रममा अवरोध पु¥याउँदै आएका छन्। गत चैत ६ गते पनि जिल्ला निर्वाचन आयोगको कार्यालयले बोलाएको बैठक मोर्चाका कार्यकर्ताहरुले अवरुद्ध पारेका थिए।

जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले मोर्चाका कार्यकर्ताले बैठकप्रति असहमति जनाएपछि बैठक निष्कर्षविहीन बनेको बताएका छन्। जिल्लामा २५४ वटा साबिकको मतदान केन्द्र रहेको र जिल्लामा मतदाता बढेको अनुपातमा पुनरावलोकन गरी केही थप हुने सम्भावना भए पनि बैठक निष्कर्षविहीन बन्न पुगेको श्रीवास्तवले बताए। पटक पटक बैठक निष्कर्षविहीन बनेपछि जिल्लाको वस्तुस्थिति केन्द्रलाई पठाउने र केन्द्रले नै तोकेसरह हुने श्रीवास्तवको भनाइ छ।

मोर्चामा आबद्ध नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य अनिलकुमार सिंहले स्थानीय पुनरसंरचना आयोगको प्रतिवेदन सच्याएर मोर्चाको मागमा सहमति भएपछि मात्र मधेसमा निर्वाचनको वातावरण बन्ने बताएका छन्।

 

प्रकाशित: २८ चैत्र २०७३ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App