६ वैशाख २०८१ बिहीबार
अन्य

प्रियंकाको फिटनेस फर्मुला

नेपाली फिल्मकी व्यस्त अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । उनी शारीरिक रूपमा पनि निकै फिट देखिन्छन् । आफूलाई फिट राख्न प्रियंका यस्तो गर्छिन्ः

–कलाकारहरूको ‘फिक्स सेड्युल’ हुँदैन । त्यसैले म नियमित जिम जान पाउँदिनँ । तर, भ्याएसम्म जान्छु ।
–जिमखानामा कार्डियो वर्कआउट गर्छु ।
–म सानैदेखि खानपिनमा निकै ध्यान दिन्छु । भात एकदमै कम खान्छु ।
–राति खाना खाँदिनँ । टन्नै खाएर सुत्नुभन्दा खाली पेट सुत्नु शरीरका लागि राम्रो हो जस्तो लाग्छ ।
–जंकफुड, फ्राइड फुड र फास्टफुड भरसक खाँदिनँ ।
–बिहानै उठ्नेबित्तिकै खाली पेटमा तीन÷चार गिलास मनतातो पानी पिउँछु ।
–दिनमा चाहिँ सादा पानीभन्दा नरिवल पानी पिउन रुचाउँछु ।
–खानामा भातको सट्टा रोटी बढी खान्छु । तरकारी, दाल, साग प्रशस्तै खान्छु । यसले मेरो शरीरलाई फिट राख्न मद्दत गर्छ ।

 

प्रकाशित: २८ चैत्र २०७३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App