१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार बमले थर्कियो पूर्वी अफगानिस्तान

फाइल फाेटाे


जलालाबाद –  सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ । 

पूर्वी प्रान्त नानगार्हारमा सोमबार भएको हमलामा आक्रमणकारीको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

“एक जना आत्मघाती हमलाकारी मारिएका छन्, उनले घानी खेल जिल्लाको मार्को बजारमा कार बम विस्फोट गराएका थिए,” प्रान्तीय गभर्नरले भने । 

सोमबार बिहान ८ः३० बजे विस्फोट भएको उनले जानकारी दिए । सुरक्षा निकायको कार्यालयलाई लक्षित गरी कार बम विस्फोटन गराइएको उनले बताए । रासस/सिन्ह्वा 

प्रकाशित: २८ चैत्र २०७३ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App